असार १२, २०८२ बिहीबार | २२:३३:२२
इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता

नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने

काठमाडौं। काठमाडौं स्पोर्टस इभेन्ट्स प्रालीको आयोजनामा आगामी भदाै २३ देखि २८ गतेसम्म फ्रेन्चाइज इन्डोर प्रिमियर लिग  टी १० क्रिकेट हुने भएको छ ।

नेपालमै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा १० फ्रेन्चाइज टोलीले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताका सम्पूर्ण खेल चुनिखेलस्थित रोयल स्पोर्टस  पार्कमा खेलाइने छ । सहभागीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताइएको छ । तर, यसबारे  केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए । हरेक टोलीमा एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’क्याटोगरीका खेलाडी हुनेछन् ।

राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ । क्याटगोरी ‘ए’ का खेलाडीका लागि १५ देखि २५ हजार, ‘बी’  खेलाडीका लागि १०देखि १५ हजार र ‘सी’ का खेलाडीका ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ । हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।

लिगमा एउटा फ्रेन्चाइज टिमले अक्सनमा १ लाख ५० हजार खर्च गर्न पाउनेछ। यस्तै टिम खरिद गर्न न्युनतम १ लाख ५० हजार तोकिएको निर्देशक ज्योति भण्डारीले बताए । 


भिडियो
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM