काठमाडौं । इटालियन क्लब इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा बिहीबार अर्जेन्टिनाको रिभ प्लटेविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै तीन खेलमा सात अंक जोडेको इन्टर समूह ‘इ’ विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पराजित रिभर प्लेट समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ ।
लुम्यान फिल्डमा इन्टरलाई जित दिलाउन फ्रान्सेस्को पियो एस्पोसिटो र अलेसेन्ड्रो बास्टोनीले गोल गरे ।
खेलको ६६औं मिनेटमा लुकास मार्टिनेज क्वार्टाले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि रिभर प्लेट १० खेलाडीमा समेटिएको थियो । ७२औं मिनेटमा एस्पोसिटोको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । उनले पेटर सुचिकको पासलाई पोस्टको दिशा दिए ।
इन्जुरी समयमा बोस्टोनीले टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमै गोन्जालो मन्टिएलले दोहोरो पर्हेलो कार्ड बेहोर्दै मैदान छाडेपछि रिच प्लेट ९ खेलाडीमा समेटिएको थियो ।
इन्टरले अन्तिम १६ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्नेछ ।