काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवीन न्यौपानेलाई यु-२३ पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
एन्फा युथ एकेडेमीका प्रमुख न्यौपानेललाई एएफसी यु-२३ एसियन कप छनोटका लागि टोलीको जिम्मेवारी दिइएको हो । उनलाई एन्फा कार्यबहाक महासचिव दामोदर भट्टराई (बद्री) ले नियुक्ति पत्र हस्तान्तरण गरे ।
न्यौपानले नेपाली राष्ट्रिय टोलीको अन्तरिम प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन् । यसैगरी उनीसँग शीर्ष डिभिजनमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब तथा नेपाल सुपर लिग ( एनएसएल) मा पोखरा थन्डर्स र एफसी चितवनको प्रशिक्षण सम्हालेको अनुभव पनि छ ।
सेप्टेम्बर ३ देखि ९ सम्म हुने छनोटकाे समूह ‘एच’मा नेपाल, आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् ।
नेपालले सेप्टेम्बर ३ मा ताजकिस्तानसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । यसैगरी नेपाले सेप्टेम्बर ६ मा सिरिया र ९ मा फिलिपिन्सको सामना गर्नेछ ।