काठमाडौं । इटालियन क्लब एसी मिलानले क्रोएसियन स्टार लुका मोड्रिड भित्र्याउने इच्छा देखाएको छ ।
३९वर्षीय क्रोएसियन स्टार मोड्रिचले अमेरिमाका जारी फिफा क्लब विश्वकप पछि १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्दैछन् । त्यसपछि उनी फ्रि-ट्रान्सफरमा उपलब्ध हुनेछन् ।
एसी मिलानका खेल निर्देशक इग्ली ताराले क्लब मोड्रिडलाई भित्र्याउने प्रयासमा रहेको बताए । ‘हामी क्रोएसियन स्टार लुका मोड्रिचलाई भित्र्याउने प्रयासमा छौं । मैले व्यक्तिगत रूपमा उनीसँग कुरा गरिसकेको छु । यसमा मोड्रिड पनि सकारात्मक नै छन् ।’
मोड्रिच सन् २०१२ मा इङ्लिस क्लब टोटनहमबाट रियाल भित्रिएका थिए । १३ वर्ष रियालमा रहँदे मोड्रिचले २८ उपाधि जितेका थिए।
उनले समान ६ च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए । यसैगरी माड्रिचले पाँच युरोपियन सुपर कप, चार पटक ला लिगा, दुई कोपा डेल रे र पाँच सुपर कप पनि जिते ।