काठमाडौं । भारतविरुद्धको पहिलो टेस्टमा घरेलु टोली इङ्ल्यान्डले पाँच विकेटको जित दर्ता गरेको छ ।
जितसँगै वर्ल्ड टेस्ट च्यापियन्ससिप अन्तर्गत जारी पाँच खेलको शृंखलामा इङ्ल्यान्डले १-० ले अग्रता बनाएको छ ।
हेडिंगलेमा भारतले प्रस्तुत गरेको ३७१ रनको लक्ष्य इङ्ल्यान्डले पाँचौं तथा अन्तिम दिनमा १४ ओभर बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो ।
इङ्ल्यान्डले २१ ० को स्थितीबाट पाँचौं दिनको सुरुआत गरेको थियो । इङ्ल्यान्डका लागि बेन डकेटले १७० बलमा २१ चौका र एक छक्काको मद्दतले सर्वाधिक १४९ रनको योगदान गरे ।
यसैगरी ज्याक क्राउलीले ६५, जो रुटले अविजित ५३, जिमि स्मिथले अविजित ४४ र कप्तान बेन स्टोक्सले ३३ रन बनाए ।
भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान दुई तथा रविन्द्र जडेजाले एक विकेट लिए ।
भारतले दोस्रो इनिङमा ३६४ रन बनाएपछि इङ्ल्यान्डले ३७१ रनको लक्ष्य प्राप्त गरेको थियो ।
भारतका लागि केएल राहुलले २७० बलमा १८ चौकाको मद्दतले सर्वाधिक १३७ रनको योगदान गरे । यसैगरी ऋषभ पन्तले ११८, साई सुदर्शनले ३०, रविन्द्र जडेजाले अविजित २५ र करुण नायरले २० रन बनाए ।
इङ्ल्यान्डका लागि ब्राइडन कार्से र जोशुआ चार्ल्स टंगले समान दुई, सोएब बसिरले दुई तथा क्रिस वोक्स र बेन स्टोक्सले समान एक विकेट लिए ।
त्यसअघि टस हरेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङमा ४७१ रन बनाएको थियो । इङ्ल्यान्डले ४६५ रन बनाएपछि भारत ६ रनले अगाडि रहेको थियो ।
दोस्रो टेस्ट जुलाई २ बाट सुरु हुनेछ ।