असार १२, २०८२ बिहीबार | २१:१६:४७
मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक

एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा सहभागिता जनाउने भएको छ ।

पछिल्लो समयको विवादका कारण एपिएफको सहभागिता अन्योलमा परेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शीर्ष डिभिजनका क्लबले सहभागिता जनाउने एन्फा यु-१६ लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करणका लागि छलफल गर्न भन्दै गत जेठ १५ मा बोलाएको बैठकमा उपस्थितिका लागि एपिएफलाई खबर गरेको थिएन ।

दुई वर्ष अगाडी सकिएको लिगमा एपिएफसँगै खुमलटार युथ क्लब पनि रेलिगेसनमा परेको थियो । तर रेलिगेसनबाट बाच्न संघर्ष गरेको अर्को टिम थ्री स्टारले जावलाखेल युथ क्लबविरुद्धको खेलमा प्रतियोगिताको नियमावलीविपरित भिसा नभएका विदेशी खेलाडी खेलाएको भन्दै एन्फामा उजुरी गरेको थियो । खुमलटार र एपिएफलाई नबोलाइएको शीर्ष डिभिजन क्लबहरूको उक्त बैठकमा अर्को विवादित टोली थ्री स्टारलाई भने निमन्त्रणा पठाइएको थियो ।

जावलाखेलविरुद्धको खेलमा थ्री स्टार १-० को नतिजामा विजयी भएको थियो । सोही तीन अंकको आधारमा एपिएफलाई पछि पार्दै थ्री स्टारले रेलिगेसन जोगाएको थियो थियो । सोही नतिजाका कारण दोस्रो डिभिजनमा झरेको एपिएफले उक्त खेलमा थ्री स्टारले भिसा सकिइसकेका दुई विदेशी खेलाडी खेलाएको भन्दै उजुरी गरेको थियो ।

एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार पनि खेलाउन नपाउने जिकिर गर्दै त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३-० को नतिजामा पराजित हुने नियमअनुसार कारवाही गर्न एन्फामा २०८० जेठ २८ गते उजुरी गरेको थियो ।
उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको ठहर गरेको थियो । तर अवैधानिक खेलाडी खेलाएवापत अनुशासन समितिले थ्री स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवानामात्र गरेको थियो ।

अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए । जसमा गत बिहीबार अपिल कमिटीले अवैधानिक खेलाडी खेलाएवापत थ्री स्टार क्लब उक्त खेलमा ३-० को नतिजामा पराजित हुने निर्णय गर्यो । योसँगै थ्री स्टारले शीर्ष डिभिजनको हैसियत गुमाएको थियो भने एपिएफ शीर्ष डिभिजनमै रहने निश्चित भएको थियो ।

एन्फाको आयोजनामा यु-१६ लिग असार २० गतेबाट हुने बताइएको छ । लिगमा सहभागिताका लागि एपिएफले असार १५ गते खेलाडी छनोट कार्यक्रम गर्ने भएकोछ ।

छनोट हलचोकस्थित एपिएफ क्लबको फुटबल मैदानमा हुनेछ ।


भिडियो
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM