वैशाख ७, २०८२ आइतबार | ०८:३४:५८
ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन बटलरको उत्कृष्ट प्रदर्शन, गुजरातको पाँचौं जित ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन बटलरको उत्कृष्ट प्रदर्शन, गुजरातको पाँचौं जित ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु

ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने

एनएसएलको पहिलो क्वालिफायर अन्तर्गत ललितपुर र धनगढीको खेल खेलाएका रेफ्री उमेश बिडारीको टोली मैदान छाड्दै, तस्विरः सारोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पहिलो क्वालिफायरमा रेफ्रीको निर्णयकोविरुद्ध ललितपुर सिटी एफसीले अपिल गर्ने भएको छ ।

शनिबार धनगढी एफसीविरुद्ध रेफ्रीको गलत निर्णयका कारण दुई रातो कार्ड बेहोरेको ललितपुरले अपिल गर्ने बतायो ।

‘प्रतियोगिताको स्तर बढाउन हामीले धेरै मेहनत गर्यौ । तर खेल खेलाउने रेफ्रीको स्तर नै भएन,’ ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने, ‘रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई महत्वपुर्ण खेलाडीले रातो कार्ड पाएका छन् । यो गलत निर्णयकोविरुद्ध हामी अपिल गर्नेछौं ।’

 खेलको सुरुआतबाटै १० खेलाडीमा सीमित बनेको ललितपुरले धनगढीलाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको छ । तर दुई रातो कार्डका कारण टिमलाई ठुलो झट्का लागेको छ ।

खेलको १६औं मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । बल नियन्त्रणमा लिने प्रयास गर्दा मणिकुमार लामा धनगढीका मोहम्मद अल जाओनीसँग ठोकिन पुगेका थिए । रेफ्री उमेश बिडारीले सहायक रेफ्री किसनकन्हैया यादवसँग सल्लाह गरेर मणिलाई सीधै रातो कार्ड देखाए ।

खेलको अन्तिममा खेल सम्हाल्न नसकेका रेफ्री बिडारीले ललितपुरका पापे डिकेटलाई रातो कार्ड देखाएका थिए । खेल सकेर मैदान बाहिर निस्किएका बिडारीले ललितपुरका कप्तान अनन्त तामाङलाई समेत पहेलो कार्ड दिएका थिए ।

एनएसएलमा रेफ्रीको निर्णयमाथि बारम्बार ओलोचना हुँदै आएको छ । यसअघि रेफ्रीकै स्तर र नियतमाथि प्रश्न उठाउँदै एफसी चितवनीले पनि आयोजकलाई  प्रतियनेगिता नखेल्ने अवस्था आउन सक्ने चेतावनी दिएको थियो ।


भिडियो
HIGHLIGHTS - NPC VS SPC II Lumbini Cup women's international invitation Football
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC