माघ ८, २०८२ बिहीबार | ०४:२३:४३
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने

एनएसएलको पहिलो क्वालिफायर अन्तर्गत ललितपुर र धनगढीको खेल खेलाएका रेफ्री उमेश बिडारीको टोली मैदान छाड्दै, तस्विरः सारोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पहिलो क्वालिफायरमा रेफ्रीको निर्णयकोविरुद्ध ललितपुर सिटी एफसीले अपिल गर्ने भएको छ ।

शनिबार धनगढी एफसीविरुद्ध रेफ्रीको गलत निर्णयका कारण दुई रातो कार्ड बेहोरेको ललितपुरले अपिल गर्ने बतायो ।

‘प्रतियोगिताको स्तर बढाउन हामीले धेरै मेहनत गर्यौ । तर खेल खेलाउने रेफ्रीको स्तर नै भएन,’ ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने, ‘रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई महत्वपुर्ण खेलाडीले रातो कार्ड पाएका छन् । यो गलत निर्णयकोविरुद्ध हामी अपिल गर्नेछौं ।’

 खेलको सुरुआतबाटै १० खेलाडीमा सीमित बनेको ललितपुरले धनगढीलाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको छ । तर दुई रातो कार्डका कारण टिमलाई ठुलो झट्का लागेको छ ।

खेलको १६औं मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । बल नियन्त्रणमा लिने प्रयास गर्दा मणिकुमार लामा धनगढीका मोहम्मद अल जाओनीसँग ठोकिन पुगेका थिए । रेफ्री उमेश बिडारीले सहायक रेफ्री किसनकन्हैया यादवसँग सल्लाह गरेर मणिलाई सीधै रातो कार्ड देखाए ।

खेलको अन्तिममा खेल सम्हाल्न नसकेका रेफ्री बिडारीले ललितपुरका पापे डिकेटलाई रातो कार्ड देखाएका थिए । खेल सकेर मैदान बाहिर निस्किएका बिडारीले ललितपुरका कप्तान अनन्त तामाङलाई समेत पहेलो कार्ड दिएका थिए ।

एनएसएलमा रेफ्रीको निर्णयमाथि बारम्बार ओलोचना हुँदै आएको छ । यसअघि रेफ्रीकै स्तर र नियतमाथि प्रश्न उठाउँदै एफसी चितवनीले पनि आयोजकलाई  प्रतियनेगिता नखेल्ने अवस्था आउन सक्ने चेतावनी दिएको थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate