वैशाख ३, २०८२ बुधबार | ०९:५८:३५
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने

काठमाडौंको प्ले अफ सम्भावना जिवितै

काठमाडौं । एफसी चितवनविरुद्ध २-० को जित दर्ता गर्दै काठमाडौं रेजर्स एफसीले नेपाल सुपर लिग (एनएसएल) को प्ले अफ सम्भावनालाई जिवितै राखेको छ ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा उक्लिएको छ । पराजित चितवन पाँच खेलबाट सात अंकका साथ चौथो स्थानमा झरेको छ ।

साबिक विजेता ललितपुर सिटी एफसीले ११ अंकका साथ प्ले अफमा स्थान पक्का गरिसकेकाे छ । यस्तै एक अंकका साथ पुछारमा रहेको बुटवल लुम्बिनी प्ले अफ दौडबाट बाहिरिसकेको छ ।

बाँकी तीन स्थानका लागि पाँच टोली प्रतिस्पर्धामा छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंशगालामा सोमबार काठमाडौंलाई जित दिलाउन बुकारी माने र अमडोउ डियोपले गोल गरे ।

खेलको ३२औं मिनेटमा मानेको गोलमार्फत काठमाडौंले अग्रता लिएको थियो । उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे ।

युसुफ मलिकले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि ५५औं मिनेटमा चितवन १० खेलाडीमा समेटियो ।

डियोपले ७१ औं मिनेटमा गोल गर्दै काठमाडौंलाई २-० को जित दिलाए । उनले रोहन कार्कीको पासलाई वान टचमै जाली चुमाएका थिए ।


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan