माघ १५, २०८२ बिहीबार | ११:२६:४८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

अत्तरियाको लगातार दोस्रो जित

काठमाडौं । केपी ओली कप राष्ट्रिय ट्वान्टी(२० पुरूष क्रिकेटमा अत्तरिया क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा मंगलबार अत्तरियाले होरिजन क्रिकेट क्लबलाई चार विकेटले पराजित गर्यो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको अत्तरिया समूह ‘डी’ को शीर्ष स्थानमा छ । पहिलो पराजय बेहोरेको होरिजनको समान खेलबाट दुई अंक छ ।

पहिलो खेलमा अत्तरियाले सुन्दर हरैचा क्रिकेट क्लबलाई एक विकेट तथा होराइनजले मालपोखरी क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेका थिए ।

होरिजनले प्रस्तुत गरेको १४१ रनको लक्ष्य अत्तरियाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

अत्तरियाका लागि टेक रावतले ४२ बलमा ९ चौका र एक छक्काको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी कप्तान विपिन रावलले २६, अर्जुन विकले १६ र हिक्मत महरले अविजित १३ रन बनाए ।

होरिजनका लागि  तुलबहादुर थापा र सुभम खनालले समान दुई तथा महेश बहर र निर्मल गुरुङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजनले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।

होरिजनका लागि कमल विष्टले ३९, विप्रसन केसीले अविजित ३५, नरबहादुर सार्कीले २७ र  निर्मल गुरुङले १३ रन बनाए ।

अत्तरियाका लागि  भोजराज भट्ट र  बसन्त खत्रीले समान तीन, सुशील साउदले दुई तथा हिक्मत महर अर्जुन विकेटले समान एक विकेट लिए ।

यही समूहको अर्को खेलमा मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा किक्रेट क्लबविरुद्ध चार विकेटको जित निकाल्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।