चैत्र १४, २०८२ शनिबार | ०३:५८:५०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अत्तरियाको लगातार दोस्रो जित

काठमाडौं । केपी ओली कप राष्ट्रिय ट्वान्टी(२० पुरूष क्रिकेटमा अत्तरिया क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा मंगलबार अत्तरियाले होरिजन क्रिकेट क्लबलाई चार विकेटले पराजित गर्यो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको अत्तरिया समूह ‘डी’ को शीर्ष स्थानमा छ । पहिलो पराजय बेहोरेको होरिजनको समान खेलबाट दुई अंक छ ।

पहिलो खेलमा अत्तरियाले सुन्दर हरैचा क्रिकेट क्लबलाई एक विकेट तथा होराइनजले मालपोखरी क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेका थिए ।

होरिजनले प्रस्तुत गरेको १४१ रनको लक्ष्य अत्तरियाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

अत्तरियाका लागि टेक रावतले ४२ बलमा ९ चौका र एक छक्काको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी कप्तान विपिन रावलले २६, अर्जुन विकले १६ र हिक्मत महरले अविजित १३ रन बनाए ।

होरिजनका लागि  तुलबहादुर थापा र सुभम खनालले समान दुई तथा महेश बहर र निर्मल गुरुङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजनले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।

होरिजनका लागि कमल विष्टले ३९, विप्रसन केसीले अविजित ३५, नरबहादुर सार्कीले २७ र  निर्मल गुरुङले १३ रन बनाए ।

अत्तरियाका लागि  भोजराज भट्ट र  बसन्त खत्रीले समान तीन, सुशील साउदले दुई तथा हिक्मत महर अर्जुन विकेटले समान एक विकेट लिए ।

यही समूहको अर्को खेलमा मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा किक्रेट क्लबविरुद्ध चार विकेटको जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो