वैशाख २, २०८२ मंगलबार | १८:४१:३७
टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी जित्नै पर्ने दबाबमा पोखरा थन्डर्स टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी जित्नै पर्ने दबाबमा पोखरा थन्डर्स

नयाँबस्तीलाई हराउँदै श्री कुमारीले छाड्यो रेलिगेसन क्षेत्र

काठमाडौं । नयाँबस्ती क्लबमाथि २-० को जित हासिल गर्दै पुछारमा रहेको श्री कुमारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत अंकतालिकाको १०औं स्थानमा उक्लिएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा श्री कुमारीलाई जित दिलाउन सुजन राना र यमन महर्जनले गोल गरे । सुजनले खेलको १२औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । यमनले इन्जुरी समयमा गोल गर्दै श्री कुमारीको जित सुनिश्चित गरे ।

लिगमा श्री कुमारीको यो लगातार दोस्रो जित हो । यसअघि यमनकै निर्णायक गोलमा श्री कुमारीले अघिल्लो खेलमा बाँसबारी क्लबलाई १–० ले हराएको थियो । त्यसअघि श्री कुमारीले लगातार चार खेलमा पराजय बेहोरेको थियो ।

पछिल्लो खेलमा वीरगंज युनाइटेडविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको नयाँबस्तीको यो तेस्रो हार हो । हारसँगै ११औं स्थानमा रहेको नयाँबस्ती एक स्थान तल झर्यो ।

दिनको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसन र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मध्यपुर पाँच खेलबाट चार अंक जोड्दै तालिकाको पुछारमा छ । पछिल्ला तीन खेलमा पराजित सरस्वती ६ अंक जोड्दै ११औं स्थानमा छ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

पाँच खेलमा स्पष्ट १५ अंक जोडेको प्लानिङ ब्वाइज क्लब तालिकाको शीर्ष स्थानमा छ । प्लानिङलाई दोस्रो स्थानको श्री भगवती क्लब र तेस्रो स्थानमा रहेको च्यासल युवा क्लबले पछ्याइरहेका छन् ।


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan