काठमाडौं । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले सात अंकको अग्रता बनाएको छ ।
शनिबार राति लेगानेसलाई १–० ले हराउँदै बार्सिलोनाले उपाधि दौडमा रियाल मड्रिडलाई पछि पारेको हो ।
एक खेल बढी खेलेको बार्सिलोनाले २२ जित निकाल्दै ७० अंक जोडेको छ । ३० खेलबाट ६३ अंक जोडेको रियाल दोस्रो स्थानमा रह्यो । २८ अंकसहित लेगानेस भने रेलिगेशन क्षेत्रमा छ ।
१२ हजार लेगानेसको समर्थकमाझ बार्सिलोनो फिनिसिङमा चुक्यो । ४८औं मिनेटमा लेगानेसकै जर्ज साइन्जले आत्माघाति गोल गरेका थिए । सोही आत्माघाति गोलले बार्सिलोनालाई तीन अंक दिलायो ।
बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिकले रोबर्ट लेवान्डोस्की, लामिन यमल, राफिन्हा, फर्मिन लोपेज, पेड्रीजस्ता खेलाडी खेलाएपनि गोलविहिन भएका थिए ।
भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan