पुस ५, २०८१ शुक्रबार | १६:१६:१७
बंगलादेशसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य पाकिस्तान र भारतबीचको खेल तटस्थ भूमिमा हुने चेल्सीको सहज जितमा गुइउकाे ह्याट्रिक इन्टर मिलान क्वार्टरफाइनलमा बंगलादेशको सामना गर्दै नेपाल रोमाञ्चक जित निकाल्दै टोटनहम सेमिफाइनलमा अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने ओरियन्टल, हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज सेमिफाइनलमा उपत्यकाव्यापी छात्र भलिबलको क्वार्टरफाइनल समीकरण पूरा बंगलादेशसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य पाकिस्तान र भारतबीचको खेल तटस्थ भूमिमा हुने चेल्सीको सहज जितमा गुइउकाे ह्याट्रिक इन्टर मिलान क्वार्टरफाइनलमा बंगलादेशको सामना गर्दै नेपाल रोमाञ्चक जित निकाल्दै टोटनहम सेमिफाइनलमा अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने ओरियन्टल, हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज सेमिफाइनलमा उपत्यकाव्यापी छात्र भलिबलको क्वार्टरफाइनल समीकरण पूरा

रोमाञ्चक जित निकाल्दै टोटनहम सेमिफाइनलमा

डोमोनिक सोलान्के ।

काठमाडौं । म्यानचेस्टर युनाइटेडविरुद्ध ४-३ को रोमाञ्चक जित निकाल्दै घरेलु टोली टोटनहम इङ्लिस फुटबल लिग कप (कारबाओ) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार टोटनहम हट्स्पर रंगशालामा टोटनहमका लागि डोमोनिक सोलान्केले दुई तथा डेजान कुलुसेभस्की र कप्तान सन ह्युन मिनले समान एक गोल गरे । युनाइटेडका लागि जोसुवा जिर्कजी, अमान्ड डायलो र जोनी इभन्सले गोल फर्काए ।

खेलको १५औं मिनेटमा सोलान्केको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै कुलुसेभस्कीले टोलीको अग्रता दोब्बर बनाए ।

गोलको खुसीयाली मनाउँदै टोटनहमका खेलाडी ।

सोलान्केले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा जिर्कजीले गोल गर्दा खेल २-१ को स्थितिमा आयो ।

सात मिनेटपछि डायलोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत दिएका थिए । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा ह्युन मिनले गोल गरेपछि टोटनहमको अग्रता ४- २ मा पुग्यो ।

इन्जुरी समयमा इभन्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

यससँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ । लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेडले यसअघि नै अन्तिम चारको यात्रा तय गरेका थिए । 


भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal