पुस १, २०८१ सोमबार | १३:५२:४४
पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै
शनिबारको दिन शनिबारको दिन

गप्टिल, तनवीर र कटिङको विकेट लिने कान्छा बलर विपिन

काठमाडौं । भारतीय पूर्व ओपनर शिखर धवनले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दा कर्णालीका विपिन शर्मा मात्र दुई वर्षका थिए । पाकिस्तानी तीव गतिका बलर सोहेल तनवीरले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाउँदा त उनी जन्मिएका पनि थिएनन् ।

अहिले धवन, तनवीर खेलाडी करिअरको उत्तरार्धमा छन् । यही डिसेम्बरमा ४० वर्ष लाग्न लागेका दुवैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन् । भर्खरै १६ वर्ष पुगेका विपिन भने व्यावसायिक करिअरको पहिलो वर्षमा छन् । व्यावसायिक क्रिकेट करिअरको सुरुआती समयमै विपिनले धवन जस्ता दिग्गज खेलाडीबाट आशीर्वाद पाएका छन् ।

विपिन कर्णालीका लागि महत्त्वपूर्ण खेलाडी सावित भइरहेका छन् । साथै उनी सबैको क्रिकेटप्रेमीको नजरमा परिरहेका छन् ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करण चलिरहेको छ । सहभागी सात फ्रेन्चाइज टोलीमध्ये लोकप्रिय टोलीमा पर्दछ कर्णाली याक्स । यही कर्णाली टोलीका दुई सहकर्मी हुन् विपिन र धवन । धवन कर्णालीका लागि मात्र नभई एनपिएलकै ठूला नाम हुन् । विपिन भने टोलीका आइकोनिक खेलाडी हुन् । दुवैको खास प्रदर्शनप्रेरित कर्णालीले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

अहिले धवन टोलीमा छैनन्, स्वदेश फर्किसकेका छन् । धवन मात्र चार खेलका लागि भनेर काठमाडौं आएका थिए । धवनको प्रस्तुतिमा एनपिएलको रौनकताले थप उचाइ प्राप्त गरेको थियो । विपिनका लागि भने उनी  सौभाग्य बनेर आए ।

विकेटको खुसीयाली मनाउँदै विपिन शर्मा, तस्विर: एनपिएल

‘टेलिभिजनमा धवन दाइको खेल हेरिरहेको हुन्थें । अहिले ब्रेकफास्ट, डिनरसँगै गर्न पाउँदै छु । ड्रेसिङ रुम सेयर गर्दै छु । ‘फेयरी अन दी टप अफ द क्रिसमस’ जस्तै महसुस गरिरहेको छु,’ धवन टोलीसँग जोडिने खबरले खुसी भएका विपिनले सुनाएका थिए, ‘म जस्तो युवा प्रतिभाका लागि यो एउटा नयाँ अनुभव हुनेछ ।’

कर्णालीले डिसेम्बर २ सोमबारका दिन पहिलो खेल खेलेको थियो । धवन तीन दिनअघि शुक्रबार राति राजधानींस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । कर्णालीको पहिलो खेल जनकपुर बोल्ट्सविरुद्ध थियो । विपिनले पहिलो पटक धवनको खेल प्रत्यक्ष रूपमा हेरे । सँगै खेल्न भने पाएनन् । किनभने, विपिनलाई जनकपुरविरुद्ध मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले सुरुआती-११ मा राखेका थिएनन् । दोस्रो खेल काठमाडौं गुर्खाजविरुद्ध थियो, त्यसमा भने विपिनले खेल्न पाए । यो यस्तो खेल रह्यो जहाँ बायाँहाते स्पिनर विपिन कर्णालीका लागि सबैभन्दा सफल बलर रहे भने धवन सबैभन्दा धेरै रन हान्ने ब्याटर बने । धवनले ५१ बलमा ७१ रनको अविजित इनिङ खेल्दा विपिनले ४ ओभरमा मात्र १८ रन खर्चिँदै एक विकेट लिए । विपिनले काठमाडौंका ओपनर माइकल लेभिटलाई नन्दन यादवबाट क्याच गराएका थिए । दुर्भाग्यवश, काठमाडौंले तीन बल बाँकी छँदा कर्णालीले दिएको लक्ष्य पूरा गर्यो । विपिनको डेब्यू हारका कारण सुखद रहन सकेन ।

ट्यालेन्ट हन्टबाट छानिएका विपिन एनपिएलको अवसर सदुपयोग गर्न पूर्ण रूपमा तयार देखिन्थे । मुख्य कुरा उनी बन्द प्रशिक्षणमा रमाइरहेका थिए । सुर्खेतबाट काठमाडौं आउँदै गर्दा उनले सोच बनाइसकेका थिए, चारैतिरबाट ज्ञान बटुल्ने अनि पाएको एक्सपोजर जबरजस्त सदुपयोग गर्ने

चितवनविरुद्ध विपिनले दोस्रो खेल खेले । यसपालि पनि कर्णालीलाई विपिनको म्याजिक आवश्यक पर्यो । विपिनले चितवनविरुद्ध चार ओभरमा २१ रन खर्चिँदै ३ विकेट लिए । नामिबियन लोफ्टी इटन, घरेलु खेलाडी अमरसिंह राउटेलासँगै विपिनले तनवीरलाई आफ्नो बलिङ म्याजिकको सिकार बनाए । कर्णालीले एनपिएलमा आफ्नो पहिलो जित दर्ता गरायो । विपिन दोस्रो खेलमै प्लेयर अफ दी म्याच चुनिए । फ्रेन्चाइज क्रिकेटमा प्लेयर अफ दी म्याच पाउने अहिलेसम्मकै कान्छा खेलाडी बन्दै उनी क्रिकेट समर्थकबीच छाप छोड्न सफल भए ।

चितवनको खेलपछि कर्णालीले थप दुई खेल खेल्यो । विराटनगरविरुद्ध विपिनले २ विकेट लिए । पोखराविरुद्ध उनको नाममा एक विकेट रह्यो । उनी यतिसम्म भाग्यमानी साबित भएका छन् कि न्युजिल्यान्डका पूर्वओपनर मार्टिन गप्टिललाई उनले पेभेलियनको बाटो देखाउने मौका पाए । ३८ वर्षीय गप्टिलले विपिन एक वर्षको हुँदा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । विराटनगरविरुद्ध विपिनले ओपनरद्वय लोकेश बम र गप्टिलको विकेट लिएका थिए । यो धवन र विपिनले खेलेको दोस्रो तथा अन्तिम खेल रह्यो ।

लुम्बिनी लायन्सविरुद्धको खेलका दौरान विपिन शर्मा, तस्विर: एनपिएल

पोखराविरुद्ध विपिनले ओपनर आन्द्रेस गौसको विकेट हात पारे । गौस तिनै खेलाडी हुन् जसले अघिल्लो खेलमा शतक प्रहार गरेका थिए । शुक्रबार लुम्बिनीविरुद्धको खेल पनि विपीनका लागि खास रह्यो । कर्णालीले लुम्बिनीमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दा विपीनले अस्ट्रेलियन अलराउन्डर बेन कटिङको विकेट लिए । कटिङ उनै खेलाडी हुन् जसले २०१६ मा सनराइजर्स हैदरावादबाट आइपिएल जितेका थिए । फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३९ रनको अविजित पारी खेलेका कटिङ प्लेयर अफ दि म्याच पनि चुनिएका थिए ।

यसरी महँगो विकेट लिइरहेका विपिन कर्णालीका लागि महत्त्वपूर्ण खेलाडी सावित भइरहेका छन् । साथै उनी सबैको क्रिकेटप्रेमीको नजरमा परिरहेका छन् ।

अपरिपक्व खेलाडीले यसरी तनवीर, गप्टिल र गौस जस्ता खेलाडीको विकेट निकाल्नु सानो कुरा होइन । यसका लागि प्रतिभा मात्रै भएर पुग्दैन । खेलाडीको मानसिकताले पनि ठूलो अर्थ राख्छ । विपिनको हकमा उनी मानसिक रूपमा पनि तिनै खेलाडीविरुद्ध बलिङ गर्न आत्मविश्वासी देखिन्थे । विकेट पनि यही कारण निस्केको हो । उनी यसका लागि प्रतियोगिताअघि नै तयारी अवस्थामा थिए ।

विपिन भन्थे, ‘सबै खेलाडीमा प्रतिभा भरिएको हुन्छ । हामी व्यावसायिक खेलाडी हौं । सबैको छुट्टै कौशलता छ । फरक यत्ति हो कि जसको माइन्डसेट बलियो छ, त्यसले विकेट लिन सक्छ । मैले कर्णालीको क्याम्पमा बसिरहँदा यही कुरा सिकिरहेको छु ।’

विराटनगर किङ्सविरुद्ध बलिङ गर्दै विपिन शर्मा, तस्विर: एनपिएल

ट्यालेन्ट हन्टबाट छानिएका विपिन एनपिएलको अवसर सदुपयोग गर्न पूर्ण रूपमा तयार देखिन्थे । मुख्य कुरा उनी बन्द प्रशिक्षणमा रमाइरहेका थिए । सुर्खेतबाट काठमाडौं आउँदै गर्दा उनले सोच बनाइसकेका थिए, चारैतिरबाट ज्ञान बटुल्ने अनि पाएको एक्सपोजर जबरजस्त सदुपयोग गर्ने ।‘एनपिएलको पहिलो संस्करणमै कर्णालीमा आबद्ध हुन पाउनु मेरा लागि एकदमै ठूलो कुरा हो । खुसी लागिरहेको छ, यति सानो उमेरमै यस्तो अवसर पाएको छु । यसले मेरो करिअरलाई थप उचाइमा लान सहयोग पुर्याउने छ,’ विपिनले खेलाडी डटकमसँग भने, ‘मैले सोमपाल दाइ, देव दाइहरुलाई टिभीमा देखिरहेको हुन्छु । आज सँगै खेल्न पाइरहेको छु । दिन प्रतिदिन मोटिभेट भइरहेको छु । कन्फिडेन्ट बढिरहेको छ ।’

एनपिएलको उद्देश्य क्रिकेटमा व्यावसायिकता निम्त्याउने मात्र होइन, युवा प्रतिभाको खोज गर्ने पनि हो । जुन एनपिएलले प्राप्त गरेको छ, विपिन जस्ता खेलाडीको उदयसँगै ।

विपिनले एक महिनाअघि विराटनगरमा सम्पन्न नरेश श्रेष्ठ मेमोरियल यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गरेका थिए । नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी शक्ति गौचन विपिनका मनपर्ने खेलाडी हुन् । अहिलेको कर्णाली टोलीमा भने उनलाई भुवन कार्कीको खेल राम्रो लाग्छ । भुवन र शक्ति दुवै बायाँहाते स्पिनर हुन् । ३० वर्षीय भुवन अनुभवी खेलाडी हुन् । भुवनले सुरुआती दुई खेल खेलेका छन् । सुरुआती रोजाइमा उनलाई पछिल्ला खेलमा विपिनले नै प्रतिस्थापन गर्दै आएका छन् ।

‘विपिनसँग एकदमै धेरै क्षमता छ । आगामी दिनमा विपिनले अझै राम्रो प्रदर्शन गर्न सक्छन्,’ चितवनविरुद्ध विपिनको बलिङलाई लिएर टोलीका ब्याटिङ अलराउन्डर जिसन मक्सुदले पत्रकार सम्मेलनमा भने ।

लुम्बिनी लायन्सविरुद्ध बलिङ गर्दै विपिन शर्मा, तस्विर: एनपिएल

क्रिकेटका लागि विपिन कतिसम्म क्रेजी छन् भने उनले आफ्नो कर्णाली याक्सको यात्रालाई नोटबुकमा कैद गरिरहेका छन् । पहिलो दिन, दोस्रो दिन भनेर । उनले बन्द प्रशिक्षणबाट सिकेका कुराहरू नोटबुकमा टिपिरहेका छन् । यो नोटबुकले भोलि गएर आफ्नो करिअरमा काम लाग्ने विश्वास छ । उनी आफूमात्र होइन, आफ्ना ठाउँका साथीहरुलाई पनि आफूले सिकेका ज्ञान बाँड्न चाहन्छन् । उनी भन्छन्, ‘सुर्खेत गएर सँगै खेल्ने साथीभाइ र दाइहलाई यो नोटबुक देखाउँछु । एनपिएल सकिएपछि घरमा गएर यो नोटबुकका पानाहरु पल्टाउने छु । सबैलाई मैले सिकेका कुराहरू सेयर गर्छु ।’

एनपिएलको उद्देश्य क्रिकेटमा व्यावसायिकता निम्त्याउने मात्र होइन, युवा प्रतिभाको खोज गर्ने पनि हो । जुन एनपिएलले प्राप्त गरेको छ, विपिन जस्ता खेलाडीको उदयसँगै ।