फाल्गुन ४, २०८२ सोमबार | ०५:३१:१५
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज नेपाल च्यालेन्ज सोमबारदेखि बिहीबारसम्म हुने भएको छ ।

विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्विकृती प्राप्त प्रतियोगितामा २२ देशका १७४खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, युनाइटेड अरब ईमिरेट(युएई), जाम्बिया, युगन्डा, इङ्ल्यान्ड, न्युजील्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन, जापान रहेका छन् ।

 प्रतियोगितामा पुरुष/महिला एकल तथा युगल तथा मिक्स युगल गरि पाँच विधामा प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

१५ हजार अमेरिकी डलरको पुरस्कार रासी रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेताले क्रमशः १ हजार २०० र ७२० डलर प्राप्त गर्नेछन् ।

यसैगरी सेमिफाइन र क्वार्टफाइनबाट बाहिरिनेलाई क्रमशः ६०० र ४८० डलर प्रदान गरिनेछ ।

यस्तै च्यालेन्जको लगतै पुस १२ देखि १४ सम्म सम्म योनेक्स सनराईज नेपाल जुनियर अन्तराष्ट्रिय सिरिज आयोजना हुनेछ । जसमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, युनाइटेड अरब ईमिरेट्स युएई) का १०७ खेलाडीको सहभागिता रहने छ ।

सिरिजमा ब्बाइज गर्ल्स एकल तथा युगल र मिक्स युगल गरि पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

नेपालबाट सिनियरतर्फ ९ पुरुष र सात महिला तथा जुनियरतर्फ समान आठ ब्वाइज र गर्ल्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको मुख्य प्रायोजक योनेक्स सनराइजले १५ हजार अमेरिकी डलरका साथै नेपाली खेलाडीलाई खेल पोशाक र चार सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउने छ ।

यसैगरी बाँकी रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती प्रदेश खेलकुद विकास परिषद्का साथै अन्य सहयोगीबाट प्राप्त हुने अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

दुवै प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछन् ।  


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।