मंसिर २२, २०८२ सोमबार | ०८:३२:२२
रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक

अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज नेपाल च्यालेन्ज सोमबारदेखि बिहीबारसम्म हुने भएको छ ।

विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्विकृती प्राप्त प्रतियोगितामा २२ देशका १७४खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, युनाइटेड अरब ईमिरेट(युएई), जाम्बिया, युगन्डा, इङ्ल्यान्ड, न्युजील्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन, जापान रहेका छन् ।

 प्रतियोगितामा पुरुष/महिला एकल तथा युगल तथा मिक्स युगल गरि पाँच विधामा प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

१५ हजार अमेरिकी डलरको पुरस्कार रासी रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेताले क्रमशः १ हजार २०० र ७२० डलर प्राप्त गर्नेछन् ।

यसैगरी सेमिफाइन र क्वार्टफाइनबाट बाहिरिनेलाई क्रमशः ६०० र ४८० डलर प्रदान गरिनेछ ।

यस्तै च्यालेन्जको लगतै पुस १२ देखि १४ सम्म सम्म योनेक्स सनराईज नेपाल जुनियर अन्तराष्ट्रिय सिरिज आयोजना हुनेछ । जसमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, युनाइटेड अरब ईमिरेट्स युएई) का १०७ खेलाडीको सहभागिता रहने छ ।

सिरिजमा ब्बाइज गर्ल्स एकल तथा युगल र मिक्स युगल गरि पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

नेपालबाट सिनियरतर्फ ९ पुरुष र सात महिला तथा जुनियरतर्फ समान आठ ब्वाइज र गर्ल्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको मुख्य प्रायोजक योनेक्स सनराइजले १५ हजार अमेरिकी डलरका साथै नेपाली खेलाडीलाई खेल पोशाक र चार सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउने छ ।

यसैगरी बाँकी रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती प्रदेश खेलकुद विकास परिषद्का साथै अन्य सहयोगीबाट प्राप्त हुने अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

दुवै प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछन् ।  


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas