काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्न १४ वटै क्लब दर्ता भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीच बैठक बसेको थियो। उक्त बैठकमा बाँकी रहेका ९ क्लबले पनि दर्ता गरेको एन्फाले जानकारी दियो ।
एन्फाले ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि गर्ने घोषणा गर्दै मंसिर २१ गतेसम्म क्लब दर्ता गर्न समय दिएको थियो। तर, एन्फाले तोकेको मितिमा झापा फुटबल क्लब, बाँसबारी क्लब, प्लानिङ ब्वाइज युनाइटेड क्लब, श्री कुमारी र श्री भगवती क्लबले मात्रै टिम दर्ता गराएका थिए ।
त्यसपछि पुनः एन्फाले मंसिर २८ गतेसम्मका लागि समय थप गरेको थियो। तर, उक्त मितिसम्म पनि रानीपोखरी कर्नर टिम (आरसिटी), बिग्रेड ब्वाइज, मध्यपुर युथ एसोसिएसन, नयाँ बस्ती, सरस्वती युवा, वीरगञ्ज युनाइटेड, टुसाल र ब्वाइज युनियनले टिम दर्ता गराएका थिएनन् । त्यसपछि एन्फाले पुस ३ गतेसम्म पनि टिम दर्ता नगरे प्रतियोगिताको नियमावली अनुसार अघि बढ्ने जानकारी दिएको थियो ।
बिहीबार बसेको बैठकले लिग फागुन २५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।