काठमाडौं । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा जारी पाँचौ मेचीनगर गोल्डकपको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा शीर्ष डिभिजनको मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।
खेल काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि चर्च ब्बाइज युनाइटेडको सामना गर्नेछ ।
चर्च ब्वाइजले नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीलाई सडन डेथमा ५-४ ले पराजित गर्दै शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज सेमिफाइनल पुगेको थियो ।
अहिले दुवै टोली मोफसलका प्रतियोगितामा व्यस्त छन् । मछिन्द्रले पछिल्लो पटक कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि उचालेको थियो । यस्तै टोली केपी ओली कप च्याम्पियसिप फुटबल प्रतियोगिता र इटहरी गोल्डकपको पनि च्याम्पियन हो ।
यता एपिएफले राइनो गोल्डकप र त्रिवेणी कपको उपाधि जितेकाे छ ।
यस्तै अर्को सेमिफाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान एफसी प्रतिस्पर्धा गर्नेछन् ।