काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगकाे आफ्नो पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले श्री भगवती क्लबविरुद्ध ३-१ को पराजय बेहोरेको छ ।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भगवतीले १० खेलाडीमा सिमित बनेको आरसीटीमाथि पुनरागमन जित हासिल गर्दै स्पष्ट तीन अंक हासिल गरेको हो । निखिल तामाङको गोलमार्फत पहिलो हाफमा आरसीटी १-० ले अगाडि थियो । दोस्रो हाफमा भगवतीले तीन गोल फर्काएको हो । भगवतीका लागि विक्रान्त नरसिंह राना र विशाल विक्रम सिलवालले गोल गरे । एक गोल भगवतीले आत्मघाती उपहारका रूपमा प्राप्त गर्यो ।
खेलको ३३औं मिनेटमा विपक्षी खेलाडीलाई फउल गरेपछि कप्तान समीर राई सोझै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । तीन मिनेटपछि सनोआरसीटीले अप्रत्याशित रुपमा अग्रता लिएको थियो । दोस्रो हाफमा भगवतीले एकपछि अर्को आक्रमण बुन्दा आरसीटीको रक्षापङ्क्ति निरीह बन्यो ।
दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र टुसाल युवा क्लबले १-१ को बराबरी खेलेका थिए ।