फाल्गुन २८, २०८१ बुधबार | १४:५३:१३
आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ?

मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित

काठमाडौं ।  मधेश प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

जितसँगै मधेशले दुई अंक जोडेको छ । दुवै खेलमा पराजित कोशी अंकविहिन छ । पहिलो खेलमा कोशी लुम्बिनीसँग २६ रनले पराजित भएको छ ।

मंगलबार सिद्धार्थनगर रंगशालामा मधेशले कोशी प्रदेशविरुद्ध १६५ रनको फराकिलो जित जित निकाल्यो । 

मधेशले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रनमै समेटियो । कोशीका लागि शकिब हकले २५, सुजन थपलियाले २४, फिरदोर अन्सारीले २१ र दिपेश कँडेलले २० रन बनाए ।  

मधेशका लागि रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी राजेश यादवले तीन, हरिशंकर शाह र प्रदीप पास्वानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रनको योगफल तयार पारेको थियो ।

मधेशका लागि पवर सराफले ८५ बलमा ११ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ९२ रनको योगदान गरे ।

यसैगरी कप्तान अनिलकुमार साहले ७५ बलमा १० चौकाको मद्दतले ७५, दिपेश दासले ६० बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५०, हरिशंकर शाहले २९ र रुपेश सिंह र मानय यादवले समान १० रन बनाए ।

छैटौं विकेटका लागि पवन र दिपेशले १२३ तथा दोस्रो विकेटका लागि अनिल र हरिशंकले ८७ रनको साझेदारी गरे ।

कोशीका लागि विपिन महतो र प्रकाश कार्कीले समान दुई तथा फिरदोस अन्सारी र दिपेश कँडेलले समान एक विकेट लिए ।


भिडियो
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081