फाल्गुन २८, २०८१ बुधबार | १५:०५:३७
आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा

गण्डकीको पहिलो जित, कर्णाली पराजित

फाइल तस्विर ।

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

मंगलबार दाङको लमही क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशविरुद्ध चार विकेटको जित निकाल्याे ।

यो नतिजासँगै दुवै टोलीको दुई खेलबाट समान दुई अंक भएको छ । पहिलो खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ७९ हराउँदा गण्डकी सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो ।

कर्णालीले प्रस्तुत गरेको ९२ रनको लक्ष्य गण्डकीले  २९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

गण्डकीका लागि दीपक डुम्रेले ७८ बलमा सात चौकाको मद्दले अविजित ५० रनको योगदा दिए । यसैगरी  सुजन गौतम २२ रनमा अविजित रहे । 

दीपक र सुजनबीच सातौं विकेटका लागि अविजित ७३ रनको साझेदारी गरे । कर्णालीका लागि कप्तान दिवान पुनले तीन, दीपेन्द्र रावतले दुई तथा युनिशविक्रम ठकुरीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २७.२ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाए । 

गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी, कप्तान विपिन खत्रीले समान दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले समान एक विकेट लिए । 
 


भिडियो
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081