फाल्गुन २८, २०८१ बुधबार | ०६:२५:०२
टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध

नेपाल आइपुगे ललितपुरका विदेशी प्रशिक्षक र दुई खेलाडी

प्रशिक्षक साइमन ग्रेसन (दायाँ) र फरवार्ड केर्भेन्स बेलफोर्ट ।

काठमाडौं । नेपाल सुपर लिग (एनएलएल) को फ्रेन्चाइज ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । उनी सोमबार साँझ नेपाल आइपुगेको क्लबले जानकारी दियो ।

साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उन्ले सन् १९९६ को इङ्लिस लिग कप जितेका थिए। प्रशिक्षकको रुपमा ग्रेसनले लिड्स युनाइटेडलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराउनका साथै लिड्स,हर्डसफिल्ड र प्रेस्टन नर्थलाई च्याम्पियनसिपमा उकालेका थिए ।

ग्रेसनले भारतको इन्डियन सुपर लिग (आइएसएल) टोली बेङ्गलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा टोलीले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो ।

नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीसँग आबद्ध हुन पाउँदा उनि अत्यन्तै उत्साहित भएको र अहिलेसम्म प्राप्त गरेको अनुभवले ललितपुर सिटी एफसी तथा समग्र नेपाली फुटबलमा महत्वपूर्ण योगदान पुर्याउन चाहेको ग्रेसनले बताएका छन् ।  

त्यस्तै ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना र हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि  नेपाल आइपुगेका छन् ।

प्यालेस्टाइनको राष्ट्रिय टोलीबाट खेल्दै आएका कान्टिलानाले एसिया र मध्य पूर्वका शीर्ष लिगहरूको अनुभव बटुलेकाले क्लबको मिडफिल्ड शक्तिलाई उल्लेखनीय रूपमा बढाउने क्लबले अपेक्षा राखेको छ ।

यस्तै सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका बेलफोर्टले १४ गोल गरेका छन् ।

बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। दबाबको स्थितिमा पनि ट्याकलर गर्न सक्ने क्षमताले उनी ललितपुर सिटी एफसीका लागि महत्वपूर्ण खेलाडी हुनेछन् । ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ  छन् ।
 


भिडियो
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081