काठमाडौं । मार्क गुइउको उत्कृष्ट प्रदर्शनप्रेरित चेल्सीले युइएफए कन्फरेन्स लिग बिहीबार शामरक रोभर्सविरुद्ध ५-१ को फराकिलो जित दर्ता गरेको छ ।
लिग चरणका ६ खेलमा शतप्रतिशत जित निकालेको चेल्सीले १८ अंकका साथ शीर्ष स्थानमा रह्यो । शामरकले समान खेलबाट ११ अंकका साथ १०औं स्थानमा रहँदै प्ले अफ खेल्ने भएको छ ।
घरेलु मैदानमा गुइउले ह्याट्रिक गर्दा केइनन्न हल र मार्क कुकुरेलाले समान एक गोल थपे । शामरकका लागि मार्कस पोमले गोल फर्काए ।
खेलको २२औं मिनेटमा गुइउको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । चार मिनेटपछि नै पोमले शामरकका लागि बराबरी गोल गरे ।
गुइउले ३४औं मिनेटमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । ४०औं मिनेटमा हलले गोल गर्दा चेल्सी २ १ ले अगाडि बढ्यो ।
पहिलो हाफको इन्जुरी समयमा गुइउले ह्याट्रिक गर्दा चेल्सीको ४-१ मा पुग्यो । ५८औं मिनेटमा कुकुरेलाले गोल गर्दै चेल्सीलाई ५-१ को सहज जित दिलाए ।