स्पेनिस ला लिगा

आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना

काठमाडौं । आत्मघाती गोल उपहार पाएपछि बार्सिलोनाले स्पेनिस ला लिगमा शनिबार रायो भायेकोनोलाई १ १ को बराबरीमा रोकेको छ ।

बराबरीसँगै १४ खेलमा ३१ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । भायेकानो समान खेलबाट १९ अंकका साथ नवौं स्थानमा छ ।

घरेलु मैदान स्टेडियो डि भायेकासमा अग्रता जोगाउन नसदा भायेकानो अंक बाँड्न बाध्य बन्यो । खेलको ३९ औं मिनेटमा उनाई लोपेजको गोलमार्फत भायेकानोले अग्रता लिएको थियो ।

८२ औं मिनेटमा फ्लोरियन लिजिउनेबाट आत्मधाती गोल हुन पुगेपछि बार्सिंलोना बराबरीमा आयो ।