चैत्र ६, २०८२ शुक्रबार | ०३:३६:२९
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

इङ्ल्यान्डले पाएका नयाँ रसफोर्ड

काठमाडौं । मार्कुस रसफोर्डले इङ्ल्यान्डलाई अन्तिम १६ मा लैजान महत्वपूर्ण भुमिका निर्वाह गरे । म्यानचेस्टर युनाइटेडका खेलाडीले अहमद बिन अली रंगशालामा वेल्सविरुद्ध ३-० को जित निकाल्दा दुई गोल गरेका थिए ।

रसफोर्डले भने, ‘आशा छ कि हामी आफ्नो प्रदर्शनलाई अझै बलियो बनाउन सक्छौं । मसँग यो टोलीको लागि ठूलो महत्वाकांक्षा छ । मलाई लाग्छ कि हामी अझ राम्रो खेल्न सक्छौं ।’

गत वर्ष घरेलु मैदानमा सम्पन्न युरो २०२० को फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि १९६६ यता पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने इङ्ल्यान्डको सपना चकनाचुर भएको थियो । सुरुमा अग्रता लिनाका बावजुद त्यसलाई जोगाउन नसक्दा अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको खेलमा रसफोर्डको पेनाल्टी चुकेको थियो ।

चार वर्षअघि रुसमा सम्पन्न विश्वकप २०१८ मा इङ्ल्यान्डले क्वार्टरफाइनलको बाधा तोड्दै लामो समयपछि सेमिफाइनलको यात्रा गरेको थियो ।

तर इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले कतारमा जारी विश्वकपमा रसफोर्ड पूर्ण रुपमा फरक खेलाडीका रुपमा देखिएको बताए ।

‘अहिले हामीले नयाँ र थप निखारिएका रसफोर्ड पाएका छौं । उनको प्रदर्शन साच्चै जति प्रशंसा गरे पनि कम हुने खालको छ,’ साउथगेटले भने, ‘पूरा टिम नै लयमा फर्किएको छ । हामी यसपाली युरो २०२० भन्दा एक कदम अगाडि बढ्नेमा प्रतिबद्ध छौं । त्यसमा सफल हुन्छौं कि हुन्नौं, त्यो भन्न सकिन्न । तर हाम्रो टोली त्यो उपलब्धिका लागि लायक छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो