कतार विश्वकप २०२२

मोरक्को र क्रोएसियाले अंक बाढे

काठमाडौं । चार वर्षअघिको उपविजेता क्रोएसियाले कतार विशवकप २०२२ को आफ्नो पहिलो खेलमा बुधबार अफ्रिकी टोली मोरक्कोसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।

अल बायात रंगशालामा भएको समूह ‘एफ’ को पहिलो खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । यससँगै दुबै टोलीले अंक बाढेका छन् ।

५९ हजार चार सय ७ हजार दर्शकमाझ बल पोसेसनमा क्रोएसिया बलियो देखिए पनि फिनिसिङमा सफल हुन सकेन । क्रोएसियाको तुलनामा मोरक्कोले काउन्टर अट्याकमा ध्यान दिएको थियो । यद्यपि, अफ्रिकन राष्ट्र पनि फिनिसिङमा चुकिरहेको थियो ।

 

क्रोएसियाका इभान पेरिसिच र कप्तान लुका मोड्रिचले अग्रपंक्तिको जिम्मेवारी सम्हाले पनि गोल गर्न सफल भएनन् । मोरक्कोका हाकिमी जियाच र सोफियन बोफलको पनि विपक्षी पोस्टमा प्रभाव देखिएन ।    

आज राति समूह ‘एफ’ कै अर्काे खेलमा बेल्जियम र क्यानाडाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि स्पेन र कोस्टारिका तथा जर्मनी र जापानबीच प्रतिस्पर्धा हुने तालिका छ ।