कतार विश्वकप २०२२

मोरक्को र क्रोएसियाको पहिलो हाफ बराबर

काठमाडौं । मोरक्को र क्रोएसियाले कतार विश्वकपको आफ्नो पहिलो खेलमा मध्यान्तर अघिसम्म गोलरहित बराबरी खेलेका छन् । बुधबार अल बायात रंगशालामा भएको समूह ‘एफ’ को पहिलो खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

बल पोसेसनमा क्रोएसिया बलियो देखिए पनि फिनिसिङमा सफल हुन सकेन । क्रोएसियाको तुलनामा मोरक्कोले काउन्टर अट्याकमा ध्यान दिएको छ । यद्यपि, अफ्रिकन राष्ट्र पनि फिनिसिङमा चुकिरहेको छ ।

क्रोएसियाका इभान पेरेसिच, कप्तान लुका मोड्रिचले अग्रपंक्तिको जिम्मेवारी सम्हालेका छन् । मोरक्कोले हाकिमी जियाच, युसुफ र सोफियन बोफललाई विश्वास गरेको छ ।

समूह ‘एफ’ का खेल आजबाट सुरु भएका छन् । पहिलो खेलमा क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदा आज राति बेज्जियम र क्यानाडाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।