कार्तिक १९, २०८२ बुधबार | ०३:४१:१८
खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित एपिएफ सेमिफाइनलमा, रश्मिको ह्याट्रिक एन्फालाई जेनजी योद्धाको चेतावनीः लिग नभए सडक संघर्ष महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित एपिएफ सेमिफाइनलमा, रश्मिको ह्याट्रिक एन्फालाई जेनजी योद्धाको चेतावनीः लिग नभए सडक संघर्ष महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने

टिम परिचयः मेसीको अन्तिम विश्वकप

फुटबल नरुचाउनेले पनि डिएगो म्याराडोनाको नाम सुनेकै हुन्छ । कसैले फुटबल हेरोस नहेरोस, लियोनल मेसीलाई उसले चिनेकै हुन्छ । म्याराडोना र मेसीलाई जन्माउने देश हो, अर्जेन्टिना । त्यसैले फुटबल नपछ्याउनेका लागि पनि अर्जेन्टिना परिचित नाम हो ।

विश्वकप फुटबल नजिकिदै जाँदा अर्जेन्टिनाको लोकप्रियता झन् बढ्नुको कारण पनि यही हो । नेपालमा अर्जेन्टिनाको क्रेज झनै बेग्लै हुने गर्छ । सन् १९८६ मा डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले दोश्रो विश्वकप जित्यो । नेपाली फुटबल समर्थकले टेलिभिजनमा विश्वकप हेर्न थालेको नै अर्जेन्टिनाले छयासीमा विश्वकप जित्दा देखि हो । त्यसैले पनि अर्जेन्टिनाप्रति नेपाली फुटबल समर्थकको छुट्टै मोह र आत्मियता छ । आजको दिन सम्म पनि नेपालमा अर्जेन्टिनी समर्थकको बाहुल्यता देख्न पाइनुको कारण यही हो ।

दोस्रो पटकको सफलता टोलीले फाइनलमा पश्चिम् जर्मनीलाई ३–२ ले हराउँदै हासिल गरेको थियो ।

अर्जेन्टिना विश्व फुटबलमा एउटा सफल राष्ट्र हो । १९७८ र १९८६ मा गरि दुई पटक विश्वकप जितेको टोली तीन पटकको उपविजेता हो ।

अर्जेन्टिनाले पहिलो पटक १९७८ मा आफैले आयोजना गर्दा विश्वकपको उपाधि जितेको थियो । टोलीले दोस्रो पटक डिएगो म्याराडोनाको नायकत्वमा १९८६ मा दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो ।

दोस्रो पटकको सफलता टोलीले फाइनलमा पश्चिम् जर्मनीलाई ३–२ ले हराउँदै हासिल गरेको थियो ।  

अर्जेन्टिनाको कप्तानी गरिरहेका २५ वर्षे म्याराडोनाले विश्वकपको त्यो संस्करणमा तहल्का मच्चाएका थिए । उनले क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध दुई अविस्मरणीय गोल गरे । खेलको ५१औं मिनेटमा उनले हातले गोल गरे, जसलाई हयान्ड अफ गड भनेर विश्व फुटबलमा अहिलेसम्म पनि स्मरण गर्ने गरिन्छ । इङ्ल्यान्डका गोलरक्षक पिटर सिल्टोन ६ फुट अग्ला थिए भने म्याराडोना जम्मा ५ फुट ५ इन्चका । त्यसैले म्याराडोनाले बल हेडिङ गर्न नभ्याउँदा चलाखीपूर्ण ढंगले हातले गोल गरेका थिए ।

हातले गरेको गोलको ठिक चार मिनेटपछि उनले विश्वकप इतिहासकै सर्वोत्कृष्ट गोल गरे । मैदानको लगभग आधा भागबाट बल ड्रिबल गर्दै पाँच जना विपक्षी खेलाडीलाई छक्याएर उनले गरेको गोल साच्चै अदभूत थियो । उक्त गोललाई पछि ‘गोल अफ द सेन्चुरी’ को समेत संज्ञा दिइएको थियो ।

सेमिफाइनलमा बेल्जियमलाई २–० ले पराजित गर्दै अर्जेन्टिना फाइनल पुग्यो । फाइनलमा जर्मनीलाई ३–२ ले पराजित गर्दै डिएगो म्याराडोनाको टिमले दोस्रो विश्वकप जित्यो । यहि विश्वकपले अर्जेन्टिनाको लोकप्रियता झन बढेको हो । १९८६ को विश्वकपपछि विश्व फुटबलका महान हस्ती म्याराडोनालाई विश्वले चिनेको थियो ।

सन् १९८६ माआफ्नो कप्तानीमा विश्वकप जिताएका म्याराडोनाले अर्जेन्टिनालाई इटालीमा भएको १९९० को विश्वकपमा पनि फाइनल सम्म पुर्याए । तर उक्त फाइनलमा भने अर्जेन्टिनालाई भाग्यले साथ दिएन । रोममा भएको फाइनलमा अर्जेन्टिना पश्चिम जर्मनीसँग १–० ले पराजित भयो । लोथर म्याथुजको कप्तानी र फ्रेन्ज बेकेनबाउरको प्रशिक्षणमा रहेको जर्मन टोलीविरुद्ध अर्जेन्टिनाले गोल गर्न सकेन र पश्चिम जर्मनीले चार वर्ष अगाडि भोगेको पराजयको बदला मिठो तरिकाले लियो ।

अर्जेन्टिनाका लागि १९९४, १९९८, २००२, २००६ र २०१० सोचे अनुरुप भएन । ग्याब्रियल बाटिस्टुटा र डियोगो म्याराडोनाको अर्जेन्टिनी टोली, १९९४ को विश्वकपमा अन्तिम १६ भन्दा माथि जान सकेन । म्यारोडोनाले उक्त विश्वकपमा जम्मा दुई खेल खेले । डोपिङ टेस्ट्मा असफल भएपछि उनलाई दुई खेल पछि नै घर फर्काइएको थियो । त्यस विश्वकपको दोश्रो खेल अर्थात समूह चरणमा नाइजेरियाविरुद्धको खेल नै म्याराडोनाका लागि अन्तर्राष्ट्रिय फुटबलको अन्तिम खेल बन्न पुग्यो ।

१९९८ को विश्वकपमा पनि टिम क्वार्टरफाइनलभन्दा माथि जान सकेन । उसलाई नेदरल्याण्ड्सले २–१ ले पराजित गर्यो । २००२ मा अर्जेन्टिना समूह चरणबाटै बाहिरियो ।

२००६ र २०१० को विश्वकपले पनि अर्जेन्टिनी समर्थकहरुलाई निराश नै पार्यो । टिम दुवै पटक अन्तिम आठभन्दा माथि जान सकेन ।

ब्राजिलमा भएको २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनल सम्म पुग्यो । अर्जेन्टिनाका लागि कप्तान मेसीले चार गोल गरेर अर्जेन्टिनालाई फाइनल सम्म पुर्याउन अमुल्य योगदान दिए । अर्जेन्टिना फाइनल त पुग्यो तर, फेरि पनि जर्मनी बाधक बन्यो । मेसीले ब्राजिलमा सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते । तर, फाइनलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मारियो गोइट्जेको गोलमा जर्मनीले चौथो पटक विश्वकप जित्यो ।

२०१८ मा अर्जेन्टिना सुस्त रह्यो । एलेसान्द्रो साबेलाको २०१४ को टोलीमा जित्ने जोश थियो । तर, २०१८ मा अर्जेन्टिनाले जुन किसिमले खेल्यो त्यसले प्रष्ट देखाउँथ्यो टिममा केही मिलेको छैन । जोर्ज साम्पोलीले सम्हालेको टोलीले बल्ल तल्ल समूह चरण पार गर्यो ।

टिम व्यवस्थापनमै केही कमी थियो भनेर प्रष्ट देखिन्थ्यो । पहिलो खेलमा मेसी पेनाल्टीमा चुके । आफ्नो पहिलो विश्वकप खेलीरहेको आइसल्याण्डसँग अर्जेन्टिना १–१ को बराबरीमा रोकियो । समूह चरणको दोश्रो खेलमा टिमले क्रोएसियासँग ३–० को लज्जास्पद हारको सामना गर्नुपर्यो ।

समूहको अन्तिम खेलमा नाइजेरियालाई २–१ ले हराउँदै अर्जेन्टिना बल्ल तल्ल नकआउट चरण प्रवेश गर्यो । अन्तिम १६ मा फ्रान्ससँग ४–३ ले पराजित हुँदै अर्जेन्टिना प्रतियोगिताबाट बाहिरियो ।

अर्जेन्टिनाले त्यसपछि २०१५ र २०१६ मा लगातार दुई पटक महादेशीय प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा पराजय बेहोर्यो । दुवै पटक उसले चिलीसँग पराजय बेहोर्यो । २०१६ मा चिलीसँग टाइ ब्रेकरमा हार्दा पेनाल्टी खेर फालेका मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट अप्रत्याशित रुपमा संन्यास घोषणा गरेका थिए । तर, अर्जेन्टिनी समर्थकहरुको सडक अभियानले गर्दा उनले आफ्नो संन्यास फिर्ता लिए ।

२०२१ जुलाई १० मा मेसीको कप्तानीमा अर्जेन्टिनाले ब्राजिलमा आयोजक ब्राजिललाई १–० ले हराएर कोपा अमेरिकाको उपाधि जित्यो । 
अर्जेन्टिना २०१८ यता पूर्व खेलाडी लियोनेल स्कालोनीको नेतृत्वमा छ । स्कालोनीको नेतृत्वमा २०१९ कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग २–० ले हारेयता अर्जेन्टिना ३५ खेलमा अपराजित छ । उच्च लयमा रहेको अर्जेन्टिना, विश्वकपअघि फिफा वरियताको तेस्रो स्थानमा छ ।

कतारमा अर्जेन्टिना उपाधिको प्रबल दावेदार हो । कतार विश्वकप आफ्नो अन्तिम विश्वकप रहने कुरा मेसीले भनिसकेका छन् । यस्तोमा सात पटकको बालन डी अर विजेता मेसी कतारमा जसरी पनि उपाधि जित्ने लक्ष्यमा हुनेछन् । गत वर्ष बार्सिलोना छाडेर पिएसजी पुगेका मेसी यो सिजन राम्रो लयमा छन् । अर्जेन्टिनाले आफ्नो लयलाई निरन्तरता दिने हो भने उसलाई उपाधि जित्नबाट रोक्न अन्य टिमलाई एकदमै गाह्रो पर्नेछ । तर, विश्वकपअघि आफ्ना प्रमुख खेलाडीहरुले चोट बोक्ने त होइन भन्ने कुराले भने टोलीलाई सताइरहेको छ ।

हेर्नलायक खेलाडी 
लियोनेल मेसी (पिएसजी)
कप्तान लियोनेल मेसी गत सिजन मात्र बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । उनको लागि यो अन्तिम विश्वकप हुने पक्का छ ।

आफ्नो अन्तिम विश्वकपमा अर्जेन्टिनालाई आफ्नै कप्तानीमा च्याम्पियन बनाउने उनले व्यक्तिगत रुपमा कुनै कसर छाड्ने छैनन् । गत सिजन मेसीका लागि व्यावसायिक करियरकै खराव सिजन थियो । उनले त्यो सिजन लिगमा ६ गोलमात्र गर्न सकेका थिए । यसपाली बालन डी अरमा उनी शीर्ष ५० भित्र पनि अटाएनन् । मेसी र क्रिस्टियानो रोनाल्डो बालन डी अरको मतदानमा शीर्ष तीनमा नअटाएको धेरै वर्षपछि यसपाली हो ।

तर यस सिजन मेसीले क्लब र राष्ट्रिय टोलीका लागि उत्कृष्ट लय प्रदर्शन गरिरहेका छन् । त्यसोत अर्जेन्टिनाको टोलीमा स्टार खेलाडीको कमी छैन । तर दक्षिण अमेरिकी टोलीले विश्वकप  जित्ने हो भने कतारमा मेसीले उच्च प्रदर्शन गर्नु अत्यावश्यक हुनेछ ।

विश्वकपमा अर्जेन्टिना
विरुद्ध साउदी अरेबिया (लुसेल आइकोनिक रंगशाला)
मंसिर ६ गते, दिउसो ३ः४५ बजे

विरुद्ध मेक्सिको (लुसेल आइकोनिक रंगशाला)
मंसिर १० गते, राति १२ः४५ बजे

विरुद्ध पोल्यान्ड (रंगशाला ९७४)
मंसिर १४ गते, राति १२ः४५ बजे

(एजेन्सीको सहयोगमा)
 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA