पुस ५, २०८२ आइतबार | ०२:२७:५२
धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर

एन्फालाई जेनजी योद्धाको चेतावनीः लिग नभए सडक संघर्ष

काठमाडौं । जेनजी आन्दोलनका एकजना अगुवा योद्धा एवं हालै गठित जेनजी फ्रन्टका सदस्य ऋषि थापाले शीर्ष डिभिजनको लिग नभए सम्पूर्ण फुटबलप्रेमी पनि सडक संघर्षमा उत्रने भन्दै एन्फालाई लिगको विषय गम्भीरतापूर्वक लिन चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले गर्नुपर्ने काम कुनै पनि नगरेको भन्दै देशमा एन्फा हुनुको अर्थ प्रष्ट्याउन माग गरेका छन् । अध्यक्ष र महासचिवको भत्ता तथा तलबकै लागि मात्र सबैखाले चलखेल भएको भए आफूहरु चन्दा उठाएर त्यो खुवाउन तयार रहेको उनले लेखेका छन् ।

‘एन्फा हरेक वर्ष लिग गराउन नसक्ने ! अन्तर्राष्ट्रिय खेल हुँदा खेलाडीलाई राम्रो खानपिन, बसोबास र यातायात बन्दोबस्त गर्न नसक्ने ! अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन नसकेर दण्ड तिर्ने ! विदेशी प्रशिक्षकलाई देशमा टिकाउन नसक्ने ! फुटबलप्रेमी अर्थात दर्शकले आलोचना गरे कमेन्ट बक्स नै अफ गर्ने ! आफ्नो कार्यशैलीप्रति प्रश्न गर्ने पदाधिकारीलाई निलम्बन गर्ने ! यी सबै पछि फुटबल खेलाडी विदेसिनुबाहेक विकल्प  नहुने । होइन खासमा एन्फा नेपालमा केको लागि छ ?,’ थापाले प्रश्न गरेका छन् ‘के महासचिव र अध्यक्षलाई डलरको दरमा तलब भत्ता खुवाउन, सीमित खेल हुँदा आफ्नो बारेमा नराम्रो लेख्ने पत्रकारहरु अनि पदाधिकारी श्रीमतीसहित विदेश भ्रमण गर्न मात्र हो नेपालमा एन्फाको काम ?’

स्थानीय स्तरका पूर्व फुटबल खेलाडी थापाले अगाडि लेखेका छन्, ‘तलबभत्ताकै लोभमा यो सब हुँदै छ भने हामी चन्दा उठाएर खेलकुद बचाउन तपाईंहरुलाई तलब भत्ता खुवाउँला, तपाईंहरु पद छोडिदिनुस । फुटबल खेल अनि खेलाडीको भविश्य बचाउन हामी खेलप्रेमी दर्शक यो अभियान चलाउनेछौं । होइन भने आफ्नो कार्य कुनै सम्मान नगर्ने अनि केही भन्यो भने फिफाको डर देखाउने ! आखिर कहिलेसम्म ?’

शीर्ष डिभिजनको लिग गर्नुबाहेक विकल्पमा नसोच्न अनुरोध गर्दै उनले एन्फालाई चेतावनी दिएका छन्, ‘ए डिभिजन लिग भएन भने सडक संघर्षमा खेलाडीमात्रै होइन फुटबलप्रेमी हामी पनि उत्रन्छौं भन्दै एन्फालाई यो विषय सामान्य नलिन अनुरोध गर्दछु ।’ 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I