कार्तिक २४, २०८२ सोमबार | ०९:१४:५२
म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित

एपिएफ सेमिफाइनलमा, रश्मिको ह्याट्रिक

बिर्तामोड । स्ट्राइकर रश्मिकुमारी घिसिङको ह्याट्रिकप्रेरित विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले झापा महिला गोल्डकपमा सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० ले हराएको छ । जितसँगै एपिएफ सेमिफाइनलमा प्रवेश गरको छ ।

मंगलबार शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा एपिएफ सिंग्लिङविरुद्ध एकतर्फी रुपमा हाबी भयो । रश्मीबाहेक अनिता बस्नेतले दुई तथा सवीता रानामगर र अनिता केसीले समान एक गोल गरे । खेलको सुरुआतबाट नै आक्रमक देखिएको एपिएफले २९औं मिनेटमा अग्रता लिएको थियो ।

जितपछि एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेले योजनाअनुसारको खेल खेल्दा सफलता हासिल गरेको बताए ।

‘खेलाडीले सुरुदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन गरे । योजनाअनुसारको फुटबल देखाए । त्यसैले फराकिलो जित सम्भव भएको हो,’ पाण्डेले भने ।

सिंग्लिङकी प्रशिक्षक लाकु फुर्र्बी भुटियाले हारबाट धेरै कुरा सिक्ने अवसर पाएको तर्क गरिन् ।

‘हाम्रो टोली युवा छ । यो खेलले हामीलाई सिक्ने अवसर दियो । अर्को वर्ष सुधार गरेर आउनेछौं,’ भुटियाको प्रतिक्रिया थियो ।

रश्मी ‘प्लेयर अफ दि म्याच’ घोषित इन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

बुधबार हुने तेस्रो क्वार्टरफाइनल खेलमा संकटा क्लबले झापा एफसीको सामना गर्नेछ । खेल दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा आठवटा टिम: त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । सोमबार उद्घाटन खेलमा पुलिसले चर्च ब्वाइजको चुनौती ८–० ले पन्छाएको थियो ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन