दीपेनद्रसिंह ऐरी

ट्वान्टी २० क्रिकेटमा सतक बनाउने दीपेन्द्र चौथो नेपाली ब्याटर

काठमाडौं । मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा सतक बनाउने चौथो नेपाली ब्याटर बनेका छन् ।

दीपेन्द्रले त्रिवि त्रिकेट मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलामा मलेसियाविरुद्ध अविजित एक सय १० रनको अविजित इनिङ खेले । दीपेन्द्रकै सतकप्रेरित नेपालले मलेसियालाई दुई सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । उनले ५५ बलमा सतक पूरा गरेका थिए ।

यसअघि नेपालबाट सन् २०१९ मा तत्कालिन कप्तान पारस खड्काले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एक सय १५, त्यसै वर्ष ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध एक सय सात र यसै वर्ष भएको ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटमा कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अविजित एक सय चार रन बनाएका थिए ।