ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

टस हारेर फिल्डिङ गर्दै नेपाल

मस्कट । आइसिसी ट्वान्टी विश्वकपकाे ग्लाेबल छनोटको सेमिफाइलनमा सयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा युएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे ।

यी दुई टोलीबीच भएको पछिल्लो चार ट्वान्टी २० खेलमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको थियो ।

आजको खेलमा जित निकाले दोस्रो नेपाल दोस्रो पटक आइसिसी ट्वान्टी २० विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकपमा छनोट भएको थियो ।

नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा युएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो ।

नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।
यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको युएई एक खेलमा भने पराजित भएको थियो ।