काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा एक हजार हजार रन पूरा गरेकी छन् ।
यससँगै उनी यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।
मंगलबार बायोमास ओभलमा मलेसियाविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा इन्दुले यो उपलब्धि हासिल गरिन् । उक्त खेलमा उनले अविजित ४८ रन प्रहार गरेकी थिइन् ।
इन्दुले ७७ खेलमा एक अर्धशतकसहित एक हजार ३३ रन प्रहार गरेकी छन् । उनको औसत १८.७८ तथा स्ट्राइक रेट ८३.७१ छ ।
इन्दुले आफ्नो करियरमा एकमात्र अर्धशतक सन् २०२१ मा कतारविरुद्ध प्रहार गरेकी थिइन् । त्यस खेलमा उनले अविजित ५५ रन बनाएकी थिइन् ।
इन्दुरले सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेकी थिइन् ।
भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
