आश्विन २०, २०८२ मंगलबार | १७:५७:१४
डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने ट्वान्टी-२० अन्तर्राष्ट्रियमा इन्दुको एक हजार रन पूरा विश्वकप विजेता क्रिकेटर बर्नार्ड जुलियनको निधन चौथो ट्वान्टी-२० मा नेपालले मलेसियालाई हरायो फुटसललाई फेरि पनि बेवास्ता नगरिदिनुहोस्ः पूर्व मुख्य प्रशिक्षक बस्नेत साफ क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, एपिएफको पहिलो खेल नासरिन स्पोर्टस एकेडेमीसँग भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई सेल्टा भिगोसँग बराबरीमा रोकियो एटलेटिको डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने ट्वान्टी-२० अन्तर्राष्ट्रियमा इन्दुको एक हजार रन पूरा विश्वकप विजेता क्रिकेटर बर्नार्ड जुलियनको निधन चौथो ट्वान्टी-२० मा नेपालले मलेसियालाई हरायो फुटसललाई फेरि पनि बेवास्ता नगरिदिनुहोस्ः पूर्व मुख्य प्रशिक्षक बस्नेत साफ क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, एपिएफको पहिलो खेल नासरिन स्पोर्टस एकेडेमीसँग भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई सेल्टा भिगोसँग बराबरीमा रोकियो एटलेटिको

चौथो ट्वान्टी-२० मा नेपालले मलेसियालाई हरायो

तस्विरः क्यान

काठमाडौं । नेपालले महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ ।

नेपालको यो जितसँगै पाँच खेलको शृंखला २-२ को बराबरीमा आएको छ ।  यसअघि मलेसियाले तीन र १३ रन तथा नेपालले ६ विकेटको जित निकालेका थिए ।

मंगलबार बायोमास क्रिकेट ओभलमा मलेसियाले प्रस्तुत गरेको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४८, रुविना क्षेत्रीले अविजित २३, कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाए ।

मलेसियाका लागि आइना हमिजा हसिम, नुर डानिया स्युहदा, माहिरा इज्जती इस्माइलले समान एक विकेट लिए । 
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो ।

मलेसियाका लागि मास एलिसाले ६३ बलमा पाँच चौकाको मद्दतले अविजित ५६ रनको योगदान गरिन् । यसैगरी माहिरा इज्जती इस्माइलले १८ र नुर डानिया स्युहदाले १५ रन बनाए ।

नेपालका लागि कविता कुँवरले तीन तथा पूजा महतो र कविता जोशीले समान एक विकेट लिए ।

शृंखलाको पाँचौं तथा निर्णायक खेल बुधबार हुनेछ । 


भिडियो
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा