आश्विन २१, २०८२ बुधबार | ०८:४७:११
व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परिक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने जनकपुर बोल्ट्सले चेन्नईमा प्रशिक्षण क्याम्प राख्ने डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने ट्वान्टी-२० अन्तर्राष्ट्रियमा इन्दुको एक हजार रन पूरा विश्वकप विजेता क्रिकेटर बर्नार्ड जुलियनको निधन व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परिक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने जनकपुर बोल्ट्सले चेन्नईमा प्रशिक्षण क्याम्प राख्ने डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने ट्वान्टी-२० अन्तर्राष्ट्रियमा इन्दुको एक हजार रन पूरा विश्वकप विजेता क्रिकेटर बर्नार्ड जुलियनको निधन

फुटसललाई फेरि पनि बेवास्ता नगरिदिनुहोस्ः पूर्व मुख्य प्रशिक्षक बस्नेत

काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोलीका पूर्व मुख्य प्रशिक्षक गौरव बस्नेतले आगामी वर्ष थाइल्यान्डमा आयोजना हुने साफ फुटसल च्याम्पियनसिपमा नेपालको सहभागिता सुनिश्चित गर्न तत्कालै गम्भीर कदम चाल्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेका छन् ।

केही सातअघि मात्र नेपालले एएफसी फुटसल एसियन कप छनोटबाट आफ्नो नाम फिर्ता लिएपछि सिर्जित फुटबल प्रेमी र प्रशंसकहरुको बढ्दो आलोचनाबीच बस्नेतले फेसबुकमा आफ्नो अभिव्यक्ति दिएका हुन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा बस्नेतले लेखेका छन्, ‘यस पटक कुनै पनि बहाना स्विकार्य हुने छैन । फुटसललाई पुनः बेवास्ता नगरिदिनु होला ।’

‘साफ फुटसल च्याम्पियनसिपमा नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्षमता छ । यसका लागि हामीले चाँडै तयारीमा जुट्न आवश्यक छ । खेलाडीका लागि, समर्थकका लागि र राष्ट्रका लागि कृपया यो कुरालाई गम्भीरतापूर्वक लिनुहोला,’ बस्नेतले भनेका छन् ।

नेपालले २०२६ एएफसी एसियन कप फुटसल छनोट प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी)को अनुशासन तथा नैतिकता समितिको अगस्ट २१ गते बसेको बैठकबाट एन्फालाई १० हजार अमेरिकी डलर जरीवानासहितको कार्बाही गरेको थियो ।
त्यस्तै नेपालले अर्को संस्करणको छनोट प्रतियोगितामा पनि सहभागिता जनाउन नपाउने गरी एएफसीले नेपाललाई कार्बाही गरेको छ ।

एएफसीका अनुसार छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि नेपालले आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।

 


भिडियो
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं