काठमाडौं । यही डिसेम्बर ५ देखि २० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफ क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
सोमबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो ।
पाँच राष्ट्रका पाँच क्लबको सहभागिता रहने प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले नेपालको प्रतिनिधित्व गर्दैछ । एपिएफले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीसँग खेल्नेछ । खेल साँझ ६ बजे हुनेछ । त्यसअघि उद्घाटन खेलमा पाकिस्तानको कँराची सिटी एफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग खेल्ने तालिका छ । यो खेल दिउँसो २ बजे हुनेछ ।
सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि शीर्ष दुईमा अटाउने टोली उपाधिका लागि भिड्नेछन् ।
भारतबाट इस्ट बङ्गाल क्लबको प्रतिनिधित्व रहेको छ ।
भिडियो
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी