काठमाडौं । फरवार्ड क्रिस्टियन पुलिसिक पेनाल्टी प्रहारमा असफल हुँदा एसी मिलानले इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।
आइतबार मध्यराति आलियान्ज रंगशालामा सम्पन्न छैटौं चरणको खेलमा मिलान युभेन्टससँग गोलरहित बराबरीमा रोकिएको हो ।
लिगको पाँचौं चरणसम्म एसी मिलान चार जित र एक हारका साथ शीर्ष स्थानमा थियो । तर, आइतबार जेनोआलाई हराएको नापोली केही समयका लागि शीर्ष स्थानमा उक्लिएको थियो । युभेन्टसलाई हराएको भए मिलान पुनः शीर्ष स्थानमा उक्लिने थियो ।
बराबरीसँगै १३ अंक जोडेको मिलान अहिले तेस्रो स्थानमा छ । युभेन्टस १२ अंकसहित पाँचौं स्थानमा छ ।
खेलको ५४औं मिनेटमा पुलिसिक पेनाल्टी अवसरमा चुकेका थिए । दोस्रो बारको जाली चुमाउन खोजेका पुलिसिकको प्रहार आकाशिएको थियो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll