काठमाडौं । स्पेनिस ला लिगामा रेलिगेसन क्षेत्रमा रहेको सेल्टा भिगोले एटलेटिको मड्रिडसँग अंक खोसेको छ ।
आइतबार मध्यराति इस्टाडियो अबान्का बलाइडोस रंगशालामा सम्पन्न खेलमा पाहुना टोली एटलेटिकोले अग्रतालाई जोगाउन नसक्दा १–१ को बराबरीमा चित्त बुझाएको हो ।
खेलको छैटौं मिनेटमा स्विडिश सेन्टरब्याक कार्ल स्टारफेल्टको आत्मघाती गोलमा एटलेटिकोले अग्रता लिएको थियो । ६८औं मिनेटमा भेट्रान मिडफिल्डर इगो आस्पासले सेल्टा भिगोलाई बराबरीमा ल्याए ।
बराबरीसँगै ८ खेलमा १३ अंक जोडेको एटलेटिकोले चौथो स्थानमा उक्लिने अवसर गुमायो । ६ अंकका साथ सेल्टा भिगो पुछारबाट पाँचौं स्थानमा छ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll