काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रेन्च फरवार्ड ब्राड्ली बार्कोलाले चोटका कारण फिफा विश्वकप युरोपियन छनोटका दुई खेल गुमाउने भएका छन् ।
च्याम्पियन्स लिगमा एटलान्टासँगको खेलमा उनको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो । तर उनले आइतबार लिग वान अन्तर्गत लिलविरुद्धको खेल भने खेलेका थिए ।
चोट बल्झिएपछि उनले ५९औं मिनेटमा मैदान छाडेका थिए । फ्रेन्च फुटबल संघले बार्कोलाको स्थानमा फ्लोरियन थाउभिनलाई टोलीमा बोलाएको छ ।
थाउभिनले ६ वर्षभन्दा बढी समय पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको फ्रान्स समूह ‘डी’ को शीर्ष स्थानमा छ । फ्रान्सले आगामी शुक्रबार अजरवैजान तथा सोमबार आइसल्यान्डको सामना गर्नेछ ।
भिडियो
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं