काठमाडौं । दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका नेपालबाट तीन उमेरसमूहका ६ खेलाडी लागि छनोट भएका छन् ।
नेपाल एपिएम क्लबको आयोजनामा भैसेपाटीमा भएको पाँचौं एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपको आ-आफ्नो उमेर समूहका विजेताले मे १६ देखि २६ सम्म हुने शिविरमा भाग लिनेछन् ।
यु-१३ सिंगल्सको ब्वाइजमा यल टेबलटेनिस क्लबका रिभान वज्राचार्य र गर्ल्समा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्राज्ना महर्जन तथा यु-१६ सिंगल्सको ब्वाइजमा यलका रिजा शाक्य र गर्ल्समा स्ट्यागकी सुरम्या शाक्य तथा यु-१९ सिंगल्सको ब्वाइजमा होप्स एकेडेमीका हिमाल विष्ट र गर्ल्समा होप्सकै योङगी पौडेलले स्वर्ण जितेका थिए ।
प्रतियोगितामा विभिन्न क्लबका १५० खेलाडी सहभागी थिए । शिविरमा सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिने छिन् ।
भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
