फाल्गुन ११, २०८२ सोमबार | १४:०८:२४
ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा

तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत

विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टोली, तस्विरः क्यान ।

काठमाडौं । लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक ट्वान्टी-२० विश्वकप खेल्ने अभियानको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट सुरुआत गर्नेछ ।

यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

विश्वकप पुग्ने यात्राको बाटोमा परेको आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिता खेल्न ओमान पुगेको नेपालले समूह ‘बी’ मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नेपालले बुधबार कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । जापानसँग चाँही नेपालको खेल शुक्रबार हुनेछ । समूहको शीर्ष दुई टिम सुपरसिक्समा पुग्नेछन् ।

अर्को समूहबाट आएका टोलीसँग प्रतिस्पर्धा गरेपछि सुपर सिक्सबाट तीन टिमले अर्को वर्ष श्रीलंका र भारतमा हुने विश्वकपको टिकट काट्नेछन् ।

ओमानको मस्कटमा सुरु हुन छनोट प्रतियोगिता यही अक्टोबर १७ सम्म चल्नेछ । प्रतियोगितामा ९ टोलीको सहभागिता छ । सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा मलेसिया, कतार र युएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।

युएईमा वेस्ट इन्डिजविरुद्धको ट्वान्टी-२० शृंखला आफ्नो पक्षमा पारेको नेपाली टोली उच्च मनोबलका साथ ओमान पुगेको छ ।  

विश्वकप छनोटअघिको यो शृंखलाले नेपाली टोलीलाई राम्रै फाइदा पुगेको अभ्यास खेलमा पनि प्रस्टै देखिएको छ । नेपालले छनोटअघिको अभ्यास खेलमा ओमान र कतारलाई पराजित गरेको थियो । 

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै नेपाल, तस्विरः क्यान । 
 

नेपालका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिजविरुद्धको शृंखलाले टोलीलाई फाइदा पुगेको बताउँछन् । ‘समग्रमा राम्रो तयारी भएको छ । सबै जना उत्कृष्ट लयमा छन् । सबैजना तयार छन् । वेस्ट इन्डिजविरुद्धको जितले सबै जान उत्साहित छौं,’ नेपाल क्रिकेट संघ (क्यान) को युट्युब च्यानलसँग रोहितले भनेका छन्, ‘तर यो विगत भइसक्यो । हामीले विश्वकप छनोटमा फेरि नयाँ सुरुआत गर्नुपर्छ । मुख्य प्रतियोगिता अब सुरु हुन्छ ।’

यसैगरी रोहित कुनै पनि टोलीलाई कमजोर मान्न नसकिनेमा सचेत छन् । ‘प्रतियोगितामा सहभागी कुनै पनि टोलीलाई कमजोर प्रतिद्धन्द्धीको रूपमा लिएका छैनौं,’ रोहितले थपे, ‘आफ्नो तर्फबाट शतप्रतिसत दिनेछौं । पछिल्लो समयमा टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । सबैको मुख्य लक्ष्य ट्वान्टी-२० विश्वकपमै पुग्नु हो ।’

प्रतियोगितामा सहभागी हुने २० मध्ये १७ टोलीको टुंगो लागिसकेको छ ।

भारत र श्रीलंका आयोजकका रूपमा सिधै विश्वकपमा पुग्दा  अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकाले अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकप खेल्ने मौका पाएका छन् ।

यसैगरी न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आधारमा विश्वकपका लागि छानिएका छन् । यता क्यानाडाले अमेरिका, नेदरल्यान्ड्स र इटालीले युरोपियन तथा जिम्बावे र नामिबियाले अफ्रिकन छनोट पार गरेर विश्वकपको यात्रा तय गरे । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||