माघ ५, २०८२ सोमबार | १४:१७:५८
बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो

अन्तिम खेलमा राजस्थान विजयी

काठमाडौं ।  राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो अन्तिम खेलमा मंगलबार चेन्नई सुपर किङ्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ ।

जितसँगै १४ खेलमा आठ अंक जोडेको राजस्थान नवौं स्थानमा छ । पराजित चेन्नई १३ खेलबाट ६ अंकका साथ पुछारमा छ ।

दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा चेन्नईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

राजस्थानका लासिग वैभव सूर्यवंशीले  ३३ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी कप्तान सन्जु सामसनले ४१, यशस्वी जैसवालले ३६, ध्रुव जुरेलले अविजित ३१ र सिम्रन हेटमायरले अविजित १२ रन बनाए ।

दोस्रो विकेटका लागि वैभव र सन्जुले ९८ रनको साझेदारी गरेका थिए । चेन्नईका लागि रविचन्द्रन आश्विनले दुई तथा नुर अहमद र अन्शुल कम्बोजले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो ।

चेन्नईका लागि आयुश महात्रेले ४३, डिवाल्ड ब्रेभिसले ४२, शुभम दुबेले ३९, कप्तान महेन्द्रसिंह धोनीले १६ र रविचन्द्रन आश्विनले १३ रन बनाए ।

तेस्रो विकेटका लागि आयुश र रविचन्द्रनबीच ५६ रनको साझेदारी भएको थियो । राजस्थानका लागि आकाश मधवाल र युद्धवीर सिंहले समान तीन तथा तुषार देशपाण्डे र वानिन्दु हसरंगाले समान एक विकेट लिए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate