काठमाडौं । तिलक वर्माको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्ससामू २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दिल्लीको अरुण जेट्ली रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रनको योगफल तयार पार्यो ।
मुम्बईका लागि तिलकले ३३ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी रायन रिकेल्टनले ४१, सूर्यकुमार यादवले ४०, नमन धिरले अविजित ३८ र रोहित शर्माले १८ रन बनाए ।
तिलकले चौथो विकेटका लागि नमसँग ६२ र तेस्रो विकेटका लागि सूर्यकुमारसँग ६० रनको साझेदारी गरेका थिए ।
दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले समान दुई तथा मुकेश कुमारले एक विकेट लिए ।
भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan