माघ १५, २०८२ बिहीबार | ११:१५:३१
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

अत्तरिया र होराइजनको विजयी सुरुआत

पोखरा । केपी ओली कप राष्ट्रिय ट्वान्टी-२० पुरूष क्रिकेटमा अत्तरिया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लबले विजयी सुरुआ गरेका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न समूह ‘डी’ का खेलमा अत्तरियाले सुन्दर हरैचा क्रिकेट क्लबविरुद्ध एक विकेट तथा होराइनजले मालपोखरी क्रिकेट क्लबलाई ४२ रनले पराजित गरे ।

सुन्दर हरैचाले प्रस्तुत गरेको १३६ रनको लक्ष्य अत्तरियाले १६.३ ओभरमा ९ विकेट गुमाएको थियो । मैदान हिलो भएका कारण खेललाई १७ ओभरमा झारिएको थियो ।

अत्तरियाका लागि अभिषेक पालले ४० बलमा पाँच चौका र तीन छक्काको मद्तले सर्वाधिक ५३ रनको योगदान दिए । यसैगरी कप्तान विपिन रावलले ४६ र टेक रावले अविजित २४ रन बनाए ।

पहिलो विकेटका लागि अभिषेक र विपिनले १०८ रनको साझेदारी गरेका थिए । सुन्द हरैचाका लागि सन्दीप ढुंगाना,  प्रकाश कार्की र समीर कार्कीले समान तीन विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुन्दर हरैचाले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो ।

सुन्दर हरैचाका लागि सन्दीप ढुंगानाले ३०, समीर कार्कीले २६, ओमकार यादवले अविजित २३, मनिष थापाले २० र गौरव कट्वालले १७ रन बनाए ।

अत्तरियाका लागि अर्जुन विकले दुई तथा भोजराज भट्ट र बसन्त खत्रीले समान एक विकेट लिए ।

दोस्रो खेलमा होराइजनले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको मालपोखरी १९.४ ओभरमा १२३ रनमा समेटियो ।

मालपोखरीका लागि विजय गुप्ताले अविजित ३२, डब्लु मलिकले २६ र जितेश मण्डलले २५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

होराइजनका लागि निर्मल गुरुङ, कप्तान अमर मिश्र, निश्चल ज्ञावली र विप्रसन केसीले समान दुई तथा महेश बहर र प्रिन्स पालले समान एक विकेट लिए ।

यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको होराइजनले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रनको योगफल तयार पारेको थियो ।

होराइजनका लागि कमल विष्टले ३७, विप्रसन केसीले ३२, समुन पाण्डेले २४, नरबहादुर सार्कीले १८, निर्मल गुरुङले अविजित १३ र अमर मिश्रले १२ रन बनाए ।

मालपोखरीका लागि सन्दीप खड्का र सिराज हवारीले समान तीन तथा जितेश मण्डल र डब्लु मलिकले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।