चैत्र १, २०८२ आइतबार | ०१:२७:११
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

अत्तरिया र होराइजनको विजयी सुरुआत

पोखरा । केपी ओली कप राष्ट्रिय ट्वान्टी-२० पुरूष क्रिकेटमा अत्तरिया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लबले विजयी सुरुआ गरेका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न समूह ‘डी’ का खेलमा अत्तरियाले सुन्दर हरैचा क्रिकेट क्लबविरुद्ध एक विकेट तथा होराइनजले मालपोखरी क्रिकेट क्लबलाई ४२ रनले पराजित गरे ।

सुन्दर हरैचाले प्रस्तुत गरेको १३६ रनको लक्ष्य अत्तरियाले १६.३ ओभरमा ९ विकेट गुमाएको थियो । मैदान हिलो भएका कारण खेललाई १७ ओभरमा झारिएको थियो ।

अत्तरियाका लागि अभिषेक पालले ४० बलमा पाँच चौका र तीन छक्काको मद्तले सर्वाधिक ५३ रनको योगदान दिए । यसैगरी कप्तान विपिन रावलले ४६ र टेक रावले अविजित २४ रन बनाए ।

पहिलो विकेटका लागि अभिषेक र विपिनले १०८ रनको साझेदारी गरेका थिए । सुन्द हरैचाका लागि सन्दीप ढुंगाना,  प्रकाश कार्की र समीर कार्कीले समान तीन विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुन्दर हरैचाले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो ।

सुन्दर हरैचाका लागि सन्दीप ढुंगानाले ३०, समीर कार्कीले २६, ओमकार यादवले अविजित २३, मनिष थापाले २० र गौरव कट्वालले १७ रन बनाए ।

अत्तरियाका लागि अर्जुन विकले दुई तथा भोजराज भट्ट र बसन्त खत्रीले समान एक विकेट लिए ।

दोस्रो खेलमा होराइजनले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको मालपोखरी १९.४ ओभरमा १२३ रनमा समेटियो ।

मालपोखरीका लागि विजय गुप्ताले अविजित ३२, डब्लु मलिकले २६ र जितेश मण्डलले २५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

होराइजनका लागि निर्मल गुरुङ, कप्तान अमर मिश्र, निश्चल ज्ञावली र विप्रसन केसीले समान दुई तथा महेश बहर र प्रिन्स पालले समान एक विकेट लिए ।

यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको होराइजनले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रनको योगफल तयार पारेको थियो ।

होराइजनका लागि कमल विष्टले ३७, विप्रसन केसीले ३२, समुन पाण्डेले २४, नरबहादुर सार्कीले १८, निर्मल गुरुङले अविजित १३ र अमर मिश्रले १२ रन बनाए ।

मालपोखरीका लागि सन्दीप खड्का र सिराज हवारीले समान तीन तथा जितेश मण्डल र डब्लु मलिकले समान एक विकेट लिए । 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||