चैत्र ७, २०८२ शनिबार | २३:५१:०४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

चेन्नईको दोस्रो जित

काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ । सोमबार राति चेन्नईले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले हरायो ।

भारत रत्न श्री अटलविहारी भाजपाइ एकान क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा चेन्नईले १९.३ ओभरमा ५ विकेट गुमाउँदै जित निकालेको थियो ।

दोस्रो जितपछि चार अंक जोडेको चेन्नई पुछारमै छ । चौथो जितपछि ८ अंक जोडेको लखनउको प्लेअफ सम्भावना कायम छ । टोली चौथो स्थानमा छ ।

चेन्नईको जितमा शिबम दुबेले ३७ बलमा अविजित सर्वाधिक ४३ रन बनाएका थिए । रचिन रविन्द्रले ३७ तथा  कप्तान महेन्द्रसिंह धोनीले २६ रन जोडेका हुन् ।

पहिलो इनिङमा लखनउका लागि ऋषभ पन्तले ४९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले ३०, आयुश बदोनीले २२ र अब्दुल समादले २० रन बनाए ।

ऋषभले पाँचौं विकेटका लागि अब्दुलसँग ५३ र तेस्रो विकेटका लागि मिचेलसँग ५० रनको साझेदारी गरे ।

चेन्नईका लागि रविन्द्र जोडेजा र मथिश पाथिरानाले समान दुई तथा खलिल अहमद र अन्शुल कम्बोजले समान एक विकेट लिएका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो