वैशाख २, २०८२ मंगलबार | १८:२१:०२
टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी जित्नै पर्ने दबाबमा पोखरा थन्डर्स टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी जित्नै पर्ने दबाबमा पोखरा थन्डर्स

बेङ्लुरुको सानदार जित, फिल साल्ट र विराट कोहलीको अर्धशतक

काठमाडौं । फिल साल्ट र विराट कोहलीको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बेङ्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सविरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको छ ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको बेङ्लुरु तेस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान समान खेलबाट चार अंकका साथ सातौं स्थानमा छ ।  

जयरपुरस्थित सवाई मानसिंह रंशालामा राजस्थानले प्रस्तुत गरेको १७४ रनको लक्ष्य बेङ्लुरुले १७.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

बेङ्लुरुका लागि साल्टले ३३ बलमा ६ छक्का र पाँच चौकाको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी कोहलीले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतले अविजित ६३ र देवदत्त पडिकलले अविजित ४० रन बनाए ।

कोहलीले पहिलो विकेटका लागि साल्टसँग ९२ र दोस्रो विकेटका लागि पडिकलसँग अविजित ८३ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि एकमात्र विकेट कुमार कार्तिकेयले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका लागि यशस्वी जैसवालले ४७ बलमा १० चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी ध्रुव जुरेलले अविजित ३५, रियान परागले ३० र कप्तान सन्जस सामसनले १५ रन बनाए ।

दोस्रो विकेटका लागि यशस्वी र रियानले ५६ रनको साझेदारी गरे । बेङ्लुरुका लागि भुवनेश्वर कुमार, यश दयाल, कुर्णाल पाण्डेया र जोश हेजलउडले समान एक विकेट लिए । 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan