वैशाख २, २०८२ मंगलबार | १७:५५:४७
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी जित्नै पर्ने दबाबमा पोखरा थन्डर्स इन्टरलाई दबाब थप्दै नापोली राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी जित्नै पर्ने दबाबमा पोखरा थन्डर्स इन्टरलाई दबाब थप्दै नापोली

फाइनलमा नेपाल पराजित

काठमाडौं । नेपाल चार देशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा कुवेतसँग तीन रनले पराजित भएको छ ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा कुवेतले नेपाललाई पहिलो पटक पराजित गरेको हाे । यसअघि नेपालले सन् २०१९ मा सात विकेट र यही शृंखलाको लिग चरणमा ६ विकेटको जित निकालेको थियो ।

आइतबार हङकङको मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रनमा समेटियो ।

नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन बनाए ।

नवौं विकेटका लागि बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए । कुवेतका लागि अनुदीप चेन्थमाराले तीन, नवीनराज राजेन्द्रन र यासिन पटेलले समान दुई तथा माेहम्मद शफिक र कप्तान मोहम्मद अस्लमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको थियो ।

कुवेतका लागि रविजा सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीत भवसरले १६  र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाए ।

तेस्रो विकेटका लागि सन्दारुवान र पटेलले ५६ रनको साझेदारी गरेका थिए ।  नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई तथा करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए ।


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan