एकदिवसीय शृंखला

आयरल्यान्ड ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ‘ए’

काठमाडौं । घरेलु टोली नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला फिल्डङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर फिल्डङको निर्णय लिए ।   

नेपाल यो खेल जित्दै शृंखला बराबरी गर्न चाहन्छ । पराजित भए नेपालले शृंखला पनि गुमाउने छ ।

यता आयरल्यान्ड पनि जित निकाल्दै एक खेल अगावै शृखाला आफ्नो पक्षमा पार्न चाहन्छ । पहिलो खेलमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो ।