आइपिएल

कोलकातालाई हैदराबादको चुनौती

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार हुने खेलमा कोलकाता नाइटराइडर्सले घरेलु मैदानमा सनराइजर्स हैदराबादकको सामना गर्नेछ।

खेल नेपाली समयअनुसार बेलुका ७ः ४५ मा इडेन गार्डेनमा सुरु हुनेछ ।

कोलकाता तेस्रो जितको खोजीमा छ । कोलकाता तीन खेलमा दुई जित र एक हारको नतिजासहित चार अंक जोडेर चौथो स्थानमा छ ।

रिंकु सिंह, वेङ्कटेस अय्यर, सुनिल नारायण जस्ता खेलाडीको साथ रहने कोलकाताको कप्तानी नितिश रानाले गर्नेछन् ।

दोेस्रो जितको खोजीमा रहेको हैदराबाद तीन खेलमा तीन जित र तीन हारको नतिजासहित दुई अंकका साथ नवौं स्थानमा छ ।

एडियन मार्करमको कप्तानीमा रहेको हैदराबादलाई राहुल त्रिपाठी, मायन्क मार्कण्डे, मार्को यान्सेन जस्ता खेलाडीको साथ रहनेछ ।

यि दुईले हालसम्म २३ खेलमा एक अर्काको सनमना गर्दा कोलकाताले १५ र हैदराबादले आठ जित निकालेका छन् । गत संस्करणमा कोलकाता ५४ रन तथा हैदराबाद सात विकेटले विजयी भएका थिए ।