माघ २, २०८१ बुधबार | १७:२४:०४
पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायोे खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायोे खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित

न्युटन कपः ग्रिनल्यान्ड र भ्याली पब्लिक च्याम्पियन

काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिक प्रथम न्युटन एइइ कप ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गर्ल्सतर्फ पहिलो स्थानमा रहे ।

बालुवाटारस्थित आयोजक न्युटन हाइ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा ग्रिनल्यान्डले हुपर्सलाई १८-१२ ले पराजित गर्यो । ग्रिनल्यान्डका सुरेश बिसीले आठ अंक जोडे ।

 गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १८-१६ ले हरायो । भ्याली पब्लिककी एन्जल गुप्ताले सात स्कोर गरिन् ।

दुवैतर्फका विजेता १० हजार र उपविजेताले पाँच हजार रुपैयाँ हात पारे । उपाधि विजेता र उपविजेता टोलीका  खेलाडीले न्युटनमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पनि पाए ।

यसैगरी उपाधि विजेता बाहेक नकआउट चरणमा पुग्ने र सहभागी टोलीका हरेक खेलाडीलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ ।

  फाइनलका सर्वाधिक स्कोरकर्ता सुरेश र एन्जल आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसी, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी, तार्केश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र टोखा नगर प्याब्सनका अध्यक्ष टंककुमार चापागाईंले पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा ब्वाइजतर्फ ३२ तथा गर्ल्सतर्फ १६ गरि ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO