पुस ६, २०८१ शनिबार | २१:४३:११
न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा एनआरटी फाइनलमा मेरा लागि ललित उत्कृष्ट खेलाडी हुन्: जनकपुरका प्रशिक्षक पुबुदु दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा एनआरटी फाइनलमा मेरा लागि ललित उत्कृष्ट खेलाडी हुन्: जनकपुरका प्रशिक्षक पुबुदु दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन

भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिलाई उपाधि

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलका ‘मोस्ट भ्यालुएबल प्लेयर’ ।

काठमाडौं ।  भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिले जितेका छन् ।

सोमबार सम्पन्न प्रतियोगितामा भ्याली पब्लिक सिनियर गर्ल्स, ग्रिनल्यान्ड सिनियर ब्वाइज र त्रिज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने ।

भंगालस्थित घरेलु कोर्टम भ्याली पब्लिकले टिआइएलाई ३५-१७ ले पराजित गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले १० अंक जोडिन् ।

ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५४-३९ ले हरायो । ग्रिनल्यान्डका सुरेश बिसीले २१ स्कोर गरे । त्रिज्योतिले गोल्डेनपिकलाई ३१-२८ ले निरास बनायो । त्रिज्योतिका ताङबु शेर्पाले १३ अंक जोडे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका महेन्द्र केसी, सिनियर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा त्रिज्योतिका साम्देन शेर्पा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्यप छिरिङ लामा, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनिमेश अधिकारी, सिनियर गर्ल्समा टिआइएकी एन्जिला शाही र जुनियर ब्वाइजमा गोल्डेनपिकका अनमोल राई उत्कृष्ट  ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा रिलायन्स पब्लिक स्कुल, सिनियर गर्ल्समा अपी र जुनियर ब्वाइजमा ज्ञान संस्कारले अनुशासित टिमको ट्रफी हात पारे । सिनियर ब्वाइजमा हेराल्ड, सिनियर गर्ल्समा केभिकेएसएस र जुनियर ब्वाइजमा एसिया प्यासिफिक उदीयमान टोली  बने ।

विजेतालाई इन्जिनियर हरिभक्त गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह-संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगिताको सिनियर ब्वाइजमा ३३, सिनियर गर्ल्समा २० र जुनियर ब्वाइजमा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1