माघ १७, २०८२ शनिबार | २१:१२:०२
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

एपिएफले बागमतीलाई हरायो

एन्फा राष्ट्रिय महिला लिगमा प्रतिस्पर्धा गर्दै बागमती युवा क्लब र एपिएफ क्लब, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा विभागीय टोली एपिएफ क्लबले बागमती युवा क्लबविरुद्ध ६–० गोल अन्तरको सहज जित हासिल गरेको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिंङ र सरु लिम्बुले समान दुई गोल गरे । त्यस्तै प्रीति राईको नाममा एक गोल रहँदा एक गोल एपिएफले आत्मघाती उपहारका रुपमा पायो । जितसँगै एपिएफले शीर्ष स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ । पाँच खेलमा एपिएफले स्पष्ट १५ अंक जोडेको छ । यो नतिजासँगै बागमती चौथो स्थानमा यथावत रह्यो । चौथो खेलमा हार बेहोरेको बागमतीले पाँच खेलमा तीन अंक जोडेको छ ।

स्टार खेलाडीले भरिएको एपिएफले पहिलो हाफमा दुई गोल गरेको थियो । बागमतीले अन्तिम तीन मिनेट सम्हाल्न नसक्दा गोल खान बाध्य भएको हो । यसअघि बागमतीले एपिएफको एकपछि अर्को आक्रमणलाई विफल बनाएको थियो । खेलको ४२औं मिनेटमा एपिएफले सेटपीस अवसरलाई सदुपयोग गर्यो । कप्तान अनिता बस्नेतको कर्नर बललाई स्ट्राइकर रश्मीले हेडमार्फत पोस्टको दिशा दिइन् । विपक्षी रक्षक सुनिता भुलानले रश्मीको सहज हेडरलाई क्लियर गर्न नसक्दा एपिएफले अग्रता लिन सकेको हो । इन्जुरी समयमा विंगर सवीता रानामगरको सुन्दर क्रसमा कुनै पनि निगरानीमा नरहेकी रश्मीले वान टचमा गोल गरिन् ।

खेलको ५४औं मिनेटमा विपक्षी रक्षक सेमिहाङ्मा लिम्बु पन्धकको आत्मघाती गोलमा एपिएफले तीन गोलको अग्रता लियो । सवीताको क्रसमा कप्तान अनीता बस्नेतको हेडर सेमिहाङ्मासँग ठोक्किँदै गोलमा परिणत भएको हो । एक मिनेट पनि बित्न नपाउँदै सरुको गोलमा एपिएफले चार गोलको अग्रता लियो । सरुले अनीता केसीको पासलाई सदुपयोग गरिन् ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा सरुको पासमा प्रीतिले बक्स बाहिरबाट सुन्दर गोल गरिन् । इन्जुरी समयमा सरुले अर्को गोल गरिन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।