चैत्र १३, २०८२ शुक्रबार | १०:१९:५५
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

एपिएफले बागमतीलाई हरायो

एन्फा राष्ट्रिय महिला लिगमा प्रतिस्पर्धा गर्दै बागमती युवा क्लब र एपिएफ क्लब, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा विभागीय टोली एपिएफ क्लबले बागमती युवा क्लबविरुद्ध ६–० गोल अन्तरको सहज जित हासिल गरेको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिंङ र सरु लिम्बुले समान दुई गोल गरे । त्यस्तै प्रीति राईको नाममा एक गोल रहँदा एक गोल एपिएफले आत्मघाती उपहारका रुपमा पायो । जितसँगै एपिएफले शीर्ष स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ । पाँच खेलमा एपिएफले स्पष्ट १५ अंक जोडेको छ । यो नतिजासँगै बागमती चौथो स्थानमा यथावत रह्यो । चौथो खेलमा हार बेहोरेको बागमतीले पाँच खेलमा तीन अंक जोडेको छ ।

स्टार खेलाडीले भरिएको एपिएफले पहिलो हाफमा दुई गोल गरेको थियो । बागमतीले अन्तिम तीन मिनेट सम्हाल्न नसक्दा गोल खान बाध्य भएको हो । यसअघि बागमतीले एपिएफको एकपछि अर्को आक्रमणलाई विफल बनाएको थियो । खेलको ४२औं मिनेटमा एपिएफले सेटपीस अवसरलाई सदुपयोग गर्यो । कप्तान अनिता बस्नेतको कर्नर बललाई स्ट्राइकर रश्मीले हेडमार्फत पोस्टको दिशा दिइन् । विपक्षी रक्षक सुनिता भुलानले रश्मीको सहज हेडरलाई क्लियर गर्न नसक्दा एपिएफले अग्रता लिन सकेको हो । इन्जुरी समयमा विंगर सवीता रानामगरको सुन्दर क्रसमा कुनै पनि निगरानीमा नरहेकी रश्मीले वान टचमा गोल गरिन् ।

खेलको ५४औं मिनेटमा विपक्षी रक्षक सेमिहाङ्मा लिम्बु पन्धकको आत्मघाती गोलमा एपिएफले तीन गोलको अग्रता लियो । सवीताको क्रसमा कप्तान अनीता बस्नेतको हेडर सेमिहाङ्मासँग ठोक्किँदै गोलमा परिणत भएको हो । एक मिनेट पनि बित्न नपाउँदै सरुको गोलमा एपिएफले चार गोलको अग्रता लियो । सरुले अनीता केसीको पासलाई सदुपयोग गरिन् ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा सरुको पासमा प्रीतिले बक्स बाहिरबाट सुन्दर गोल गरिन् । इन्जुरी समयमा सरुले अर्को गोल गरिन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो